टोकियो/जापान । नेपाल चितवन घर भइ जापानमा अध्ययनका लागि आएकी, रञ्जिता थापाको जिवन रक्षाको लागि सहयोगको अपिल गरिएको छ।

जापानको राजधानी टोकियोको सिन्जुकुस्थित  एक अस्पतालमा उपचाररत नेपाली किशोरी रञ्जिता थापाको जीवन रक्षाका लागि उनको परिवारले सहयोगको अपील गरेको हो। लामो समयदेखि ब्रेन ट्युमरसम्बन्धी समस्याबाट ग्रस्त रञ्जिता हाल जीवनका लागि संघर्षमा रहेकी छन्।

रञ्जिताकी आमा लक्ष्मी थापाका अनुसार छोरीको टाउकोमा गम्भीर ट्युमर देखिएपछि । जनवरी ४ तारिखका दिन इमरजेन्सी अपरेशन गरिएको थियो तर केही समयपछि स्वास्थ्य जटिलता बढ्दै गएपछि जनवरी ८ तारिख पुनः अपरेशन गर्नुपरेको थियो।

त्यसयता रञ्जिता अस्पतालमा उपचाररत छिन्। उनले थुप्रै सर्जरी भोग्नुपरेको छ र अझै पनि शरिरको बायाँ भाग नचल्ने अवस्था छ। रञ्जिताको मस्तिष्कमा गम्भीर असर परेकाले करिब ४–५ महिनासम्म अस्पतालमै राख्नुपर्ने चिकित्सकहरूको भनाइ रहेको छ।

यसअवस्थामा परिवार तथा विभिन्न सहयोगीहरुबाट प्राप्त लाखौँ जापानी येन खर्च गरिसकेको र अझै थप रकमको आवश्यकताका कारण सम्पूर्ण सहयोगी मनहरुमा सहयोगका लागि याचना गरिएको छ ।

जापानमा रहनुभएका नेपाली समुदायसहित सम्पूर्ण सहयोगी मनहरूलाई आर्थिक सहयोगको हार्दिक अनुरोध गरिएको छ।सहयोगका लागि बैंक विवरणः
बैंकः जापान पोस्ट बैंक
खाताधनीः タパ ランジタ (रञ्जिता थापा)
खाता नम्बरः 11360-13188231

सम्पर्कः
लक्ष्मी थापा
फोन नम्बर: 090-4954-7230

रञ्जिताको जापानमा,उपचार प्रकृयादेखि नेपालबाट अभिभावक झिकाउने तथा भाषा स्कुलसंग सहजिकरण गर्दै सहयोगमा जुट्दै आएका कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाका अनुसार,अझै उनि केहि सयम रिह्याब्विलिटेसनमै रहनुपर्ने भएकाले थप रकम आवश्यक पर्नेछ। यो बिचमा,अभियन्ता दिपक बाबु नेपाल,चितवन समाज जापान तथा गैरआवासीय नेपाली संघ जापान लगायतका व्यक्ति तथा संस्थाहरु मार्फत केहि सहयोग जुटेको थियो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार