
टोकियो/जापान। जापानमा घट्दो जन्मदरलाई सुधार गर्न जापानको स्वास्थ्य मन्त्रालयले सुत्केरी खर्चमा लाग्ने व्यक्तिगत भुक्तानी हटाउने तयारी गरेको छ। यो नीति सन् २०२६ को अप्रिलदेखि कार्यान्वयनमा ल्याउन सकिने अनुमान गरिएको छ।
बुधवार विज्ञहरूको एक प्यानलले स्वीकृत गरेको प्रस्तावित योजनामा सामान्य सुत्केरी खर्चलाई सार्वजनिक स्वास्थ्य बिमा प्रणालीमार्फत पूर्णरूपमा कभर गर्ने योजना समावेश गरिएको क्योदो न्युजले जनाएको छ।
हालसम्म सामान्य सुत्केरी प्रक्रियालइ रोग वा चोटपटकजस्तो ‘चिकित्सकीय अवस्था’ मानिँदैन, त्यसैले यो बिमा अन्तर्गत पर्दैन। तर सिजेरियन (शल्यक्रिया) प्रक्रियालाई भने अपवादस्वरूप बिमा प्रणालीमा समावेश गरिएको छ।प्रस्ताव अनुसार, सुत्केरी पीडा कम गर्न प्रयोग गरिने एपिड्युरल प्रविधि भने अझै पनि बिमा अन्तर्गत नपर्ने सम्भावना छ।
जापानमा विभिन्न प्रिफेक्चरहरुमा अस्पतालहरूले सुत्केरी खर्च आफ्नै हिसाबले तोक्न पाउने व्यवस्था भएकाले हालसम्म खर्चमा ठूलो भिन्नता देखिएको छ।
हाल सरकारले एक सुत्केरीमा ५ लाख येन बराबरको एकमुष्ट भुक्तानी उपलब्ध गराउँछ। तर पछिल्लो समय अस्पताल खर्च बढ्दै गएका कारण यो रकमले अक्सर सुत्केरी खर्च धान्न पर्याप्त नहुने अवस्था देखिएको छ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार, आर्थिक वर्ष सन २०२४ को पहिलो छ महिनामा देशभरको सामान्य सुत्केरी खर्चको औसत लगभग ५ लाख १८ हजार येन पुगेको छ।
यदि प्रस्तावित योजना अनुसार सुत्केरी खर्च सार्वजनिक बिमा प्रणालीमा समावेश भयो भने, सम्पूर्ण देशभर समान दर लागू गरिनेछ। यद्यपि, कतिपय प्रसूति विशेषज्ञहरूले यसले अस्पतालहरूको आम्दानी घटाउने र आर्थिक भार पर्ने चिन्ता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




