टोकियो/जापान। आज २० तारिखका दिन जापानको पूर्वी तथा पश्चिमी क्षेत्रमा मौसम प्रायः  सफा  रहने र दिनभर तापक्रम उच्च रहने भएकाले अधिकांश स्थानमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने  सम्भावना रहेको मौसम विभागले जनाएको छ। यस्तो अवस्थामा गर्मीजन्य स्वास्थ्य समस्याहरुबाट बच्न विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

मौसम विभागका अनुसार, विशेष गरी साइतामाको चिचिबु सहरमा दिनको अधिकतम तापक्रम ३५ डिग्री पुग्ने अनुमान गरिएको छ। साथै, माएबाशी र उचुनोमियामा ३३ डिग्री, फुकुओका, नागोया, क्योटोमा ३१ डिग्री, तोत्तोरी र तोयामामा ३० डिग्री पुग्ने पूर्वानुमान गरिएको छ।

यसैबीच, उत्तरी जापान र अन्य क्षेत्रहरूमा माथिल्लो वायुमण्डलीय चिसो हावा र मौसमी रेखाका कारण वातावरण अत्यन्त अस्थिर बन्नेछ । उक्त क्षेत्रहरूमा बिजुली चम्किने, चट्याङ् पर्ने तथा आँधी तीव्र हुरी र एक्कासि हुने ठूलो वर्षा को सम्भावना रहेको मौसम विभागले चेतावनी दिएको छ।यो अस्थिर मौसमी अवस्था २२ तारिखसम्म जारी रहने देखिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार