टोकियो-जापान। जापानको भूमी तथा यातायात मन्त्रालयले रेलवे स्टेशनहरूमा यात्रु सुरक्षाका लागि जडान गरिँदै आएको “होम डोर” (platform screen doors) को संख्या सन् २०३० को अन्त्यसम्ममा ४ हजार स्थानहरू सम्म पुर्‍याउने नयाँ लक्ष्य लिएको छ।

हालसालै प्रकाशित विवरण अनुसार, सन् २०२३ को अन्त्यसम्ममा देशभर २,६४७ वटा स्टेशनहरूमा होम डोर जडान भइसकेका छन्। मन्त्रालयले यसअघि निर्धारण गरेको सन् २०२४ भित्र ३ हजार स्थानमा होम डोर पुर्‍याउने लक्ष्य लगभग पूरा हुने देखिएको छ।

यात्रुहरू, विशेष गरी दृष्टिविहीन व्यक्ति र ज्येष्ठ नागरिकहरू स्टेशनको प्लेटफर्मबाट लड्ने वा रेलसँग ठोक्किने दुर्घटना निरन्तर बढिरहेकाले यस्ता दुर्घटनाहरूलाई न्यूनीकरण गर्न मन्त्रालयले होम डोर विस्तारको नयाँ योजना अघि सारेको हो।

यद्यपि, होम डोर जडान गर्दा लाग्ने उच्च लागत र प्रविधिगत चुनौतीहरू एक प्रमुख अवरोध बनेका थिए। यस्ता चुनौतीहरूलाई समाधान गर्न केही रेलवे कम्पनीहरूले, ढोका भएको भागलाई केवल बार (फेन्स) मा रूपान्तरण गरेर लगभग ३०% सम्म तौल घटाउने, जसले निर्माण कार्यलाई सरल बनाउने,साधारण र विशेष (एक्सप्रेस) रेल दुवैका ढोकाको स्थिति फरक हुने भएकाले, फराकिलो ढोका भएको होम डोर प्रयोग गर्ने जस्ता नवीन उपायहरू अपनाउन थालेका छन्।

मन्त्रालयले यस्ता नयाँ प्रविधिको प्रवर्द्धन, रेल कम्पनीहरूसँग सहकार्य, तथा सरकारी अनुदानमार्फत आर्थिक सहयोग प्रदान गर्दै यो लक्ष्य हासिल गर्ने तयारी गरिरहेको जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार