टोकियो/जापान ।जापानको राजधानी टोकियोमा यो गर्मीयाम विशेष योजनाअन्तर्गत सर्वसाधारण घरपरिवारको पानीको आधारभूत महशुल निःशुल्क गरिने भएको छ। मूल्यवृद्धिका कारण बढ्दो घरेलु खर्चलाई ध्यानमा राख्दै टोकियो महानगरले यो अस्थायी तर प्रभावकारी निर्णय लिएको हो।
टोकियो महानगरका अनुसार, यस वर्षको जुनदेखि सेप्टेम्बर वा जुलाईदेखि अक्टोबरसम्मको चार महिनाको अवधिमा, टोकियो महानगरभित्रका सबै सामान्य उपभोक्ताहरूले पानीको आधारभूत शुल्क तिर्नुपर्ने छैन। प्रयोग गरिएको पानीअनुसार लाग्ने शुल्क भने यथावत् रहनेछ।
जापानमा पाइपको आकारअनुसार पानीको आधारभूत शुल्क निर्धारण गरिएको हुन्छ। सामान्य घरपरिवारमा प्रयोग हुने पानीको पाइपको व्यास अनुसार आधारभूत शुल्क फरक हुने गर्दछ। हालको शुल्क विवरण, १३ मिलिमिटर पाइपको मासिक ८६० येन, २० मिलिमिटर पाइपको मासिक ११७० येन र २५ मिलिमिटर पाइपको मासिक १४६० येन रहेको छ।टोकियो महानगरले अनुमान गरेको छ कि यस योजनाबाट प्रति घरपरिवार करिब ५००० येनको राहत हुनेछ।
कसले पाउनेछ राहत ?
टोकियो महानगर अन्तर्गतका २३ वटा वडा र २६ वटा सहरमा बसोबास गर्ने करिब ८० लाख ग्राहकहरूले यो सुविधाको लाभ पाउने छन्। तर, मुसासिनो,आकिसिमा,हामुरा हिनोहारा नगर तथा टोकियोको टापु क्षेत्र हरुमा भने यस योजना लागु हुनेछैन। ती क्षेत्रहरूमा नगरपालिकाहरूले नै पानी सेवा सञ्चालन गर्ने भएकाले छुट्टै व्यवस्था गरिएको छ। यस्ता क्षेत्रहरूले पनि यदि टोकियो महानगरसँग सहकार्य गरी उस्तै योजना ल्याएमा, टोकियो महानगरले आवश्यक अनुदान उपलब्ध गराउने भएको छ।
टोकियो महानगरकी गभर्नर युरिको कोइकेका अनुसार, गर्मीयाममा तापक्रम अत्यधिक हुने पूर्वानुमान गरिएको छ। यस्तो अवस्थामा एसीको प्रयोगबाट हिटस्ट्रोक जस्ता जोखिमबाट जोगिन प्रोत्साहन दिनु, साथै मूल्यवृद्धिका बीच राहत प्रदान गर्नु यो योजनाको मुख्य उद्देश्य हो।
कोइकेले भनिन्,“यो वर्षको गर्मी निकै कठोर हुने आँकलन गरिएको छ। पानीको आधारभूत शुल्क निःशुल्क बनाएर, नागरिकको दैनिक जीवनमा केही सहजता ल्याउने हाम्रो प्रयास हो। करिब ५००० येनको राहतबाट जनताको आत्मबल बढ्नेछ।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




