टोकियो/ जापान । जापानको टोकियोस्थित नाकानो क्षेत्रमा रेलको लिकमा फोहोरको पोको फ्याँकेर रेल आवागमनमा अवरोध पुर्‍याएको आरोपमा एक नेपाली विद्यार्थी पक्राउ परेका छन्।

जापानी संचार माध्यमहरुमा जापान प्रहरीलाई उदृत गरि प्रकाशित खबरका अनुसार, टोकियोस्थित एक विश्वविद्यालयमा अध्ययनरत २५ वर्षीय नेपाली नागरिक पक्राउ परेका हुन् ।

ति नेपालीले गएको वर्षको डिसेम्बर महिनामा जेआर नाकानो स्टेशन र हिगाशी नाकानो स्टेशनको बीचमा रहेको रेलको लिकमा खाली क्यान लगायतका फोहोरको पोको फ्याँकेर गम्भीर जोखिम निम्त्याएको बताइएको छ।घटना रातिको समयमा भएको थियो। उक्त फोहोरको पोको साविकको फोहोर संकलन स्थलबाट सोझै लिकतर्फ फालिएको सिसि क्यामेरा फुटेजमार्फत देखिएको प्रहरीले जनाएको छ।

यस घटनाको कारण सोबु, चुओ र यामानोते लाइन सहितका प्रमुख रेलमार्गहरूमा अधिकतम ३० मिनेटसम्म ढिलाइ भएको थियो। यसले हजारौं यात्रुहरू प्रभावित भएका थिए।

हाल प्रहरीको सोधपुछमा ति नेपालीले “मलाई याद छैन” भनी आरोप अस्वीकार गरेको समाचारहरुमा जनाईएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार