टोकियो/जापान। जापान अर्घाखाँची समाज जापानको नागोया क्षेत्रीय समितिको प्रथम अधिवेशन, गत आईतबार नागोयामा सम्पन्न भएको छ ।
अधिवेशनले मनोज खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अनिल पौडेल र निमानन्द आचार्य चयन भएका छन् । त्यसैगरि सचिवमा सविता पन्थी सह-सचिवमा माधव खत्री कोषाध्यक्ष मनोज पौडेल सदस्यहरु कृष्ण भुसाल कोपिला पन्न्थी पशुपति पाण्डे चयन भएका छन् । क्षेत्रिय समिति नागोयाको संरक्षकमा चंद्र प्रकाश भुसाललाई जिम्मेवारी प्रदान गरीएको छ।
समाजका पूर्व अध्यक्ष तथा संरक्षक बाबुराम पौडेलले प्रमुख अतिथिको आशनबाट बोल्दै संस्थाको सुरुवाती यात्रादेखि हालसम्मको योगदानको चर्चा गर्दै सामाजिक उत्तरदायित्व अझ सशक्त बनाउनुपर्ने बताऊनु भयो । समाजका केन्द्रिय अध्यक्ष तथा अधिवेशनका बिशिष्ट अतिथी कृष्ण के.सी. ले नयाँ नेतृत्वलाई बधाई दिँदै संस्थाको भावी यात्रामा केन्द्रीय समितिको सधैं समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।
अधिवेशनमा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक दीपक कार्की, प्रवासी अन्तराष्ट्रीय कमिटी सदस्य मलेसिया ईन्चार्ज सरोज कडेल, NRNA नागोया संयोजक भेषनाथ गौतम, अर्घाखाँची समाज जापानका सल्लाहकार गणेश रायमाझी, उपाध्यक्ष मनीष खनाल, सचिव सरोज भूषाल, विद्यार्थी संयोजक नारायण भट्टराई रायमाझी, लगाएतले बोल्दै अर्घाखाँचीबासी बीच सहकार्य, सहयोग र सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
नव निर्वाचित अध्यक्ष मनोज खनालले कार्यसमितिले आगामी दिनमा विभिन्न सामाजिक, सांस्कृतिक एव शैक्षिक कार्यक्रमहरू संचालन गर्दै समुदायलाई एकताबद्ध राख्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रम समाजका केन्द्रीय सचिव असीम खनालले संचालन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




