साईतामा/जापान। जापानको साईतामा अनुहारमा मसला दलेर ७८  लाख येन बराबरको लुटपाटको अभियोगमा चार जना भारतीय तथा नेपाली नागरिक पक्राउ परेको जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् ।

साईतामा प्रहरीको अनुसन्धान विभागले जुन ९ तारिख सार्वजनिक गरेको विवरणअनुसार, लुटपाट तथा शारीरिक क्षति पुर्‍याएको अभियोगमा इबाराकी प्रिफेक्चर , युकी शहर निवासी ३१ वर्षीय  शर्मा अमन सहितका भारतीय नागरिक र नेपाली गरि चार जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूले आरोप स्वीकार गरेका छन् वा छैनन् भन्ने विषयमा प्रहरीले खुलासा गरेको छैन।

पक्राउको आरोपअनुसार, उनीहरूले आपसमा मिलेमतोमा मार्च १४ तारिख दिउँसो करिब ३ बजेर २० मिनेटतिर, साईतामा प्रिफेक्चरको योशिकावा शहरस्थित सडकमा हिँडिरहेका मानव संसाधन कम्पनीका ५२ वर्षीय अध्यक्षको अनुहारमा मसला जस्तो पदार्थ दल्दै आक्रमण गरेका थिए। उक्त आक्रमणका कारण उनको आँखामा चोट लागेको थियो। त्यसपछि उनीहरूले अध्यक्षसँग भएको ७८ लाख येन बराबरको नगद भएको झोला लुट्ने प्रयास गरेका थिए।

शर्मा अमन सन् २०२४ को अक्टोबरदेखि उक्त मानव संसाधन कम्पनीमा काम गर्दै आएका थिए। घटनाको समयमा कम्पनीका अध्यक्ष आफ्ना कर्मचारीहरूलाई तलब वितरण गर्न गइरहेका थिए।

प्रहरीले यो घटनालाई पूर्व योजना अनुसार गरिएको आपराधिक हमला मानेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार