टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आगामी कार्यकाल सन (२०२५–२०२७) का लागि सदस्यता नवीकरण तथा नयाँ सदस्यता आवेदन प्रक्रिया अन्तर्गत हालसम्म १३ हजार ९ सय ६८ जनाको आवेदन स्वीकृत भइसकेको जानकारी गराएको छ।

गैरआवासीय नेपाली संघ जापानले मे १ देखि जुन १० सम्मका लागि नवीकरण तथा नयाँ सदस्यता आवेदन खुला गरेको थियो। सो अवधीमा प्राप्त आवेदनहरुमा स्वीकृत आवेदकहरू क्षेत्रगत रूपमा हेर्दा:
• कान्तो क्षेत्रबाट ३,९३१ जना
• नागोया क्षेत्रबाट १,६८० जना
• कान्साई क्षेत्रबाट २,९५२ जना
• क्युस्यू क्षेत्रबाट १,५२८ जना
• ओकिनावा क्षेत्रबाट १०९ जना
• हिरोसिमा क्षेत्रबाट ७६ जना
• होक्काइदो क्षेत्रबाट ९० जना
• निगाता क्षेत्रबाट ३२० जना
• सिजुओका क्षेत्रबाट ५०५ जना
• नागानो क्षेत्रबाट ५५ जना
• गुन्मा क्षेत्रबाट ४०१ जना
• तोचिगि क्षेत्रबाट २५८ जना
• सेण्दाइ क्षेत्रबाट २६८ जना
• चिबा क्षेत्रबाट ८८३ जना
• अन्य क्षेत्रबाट ९१३ जना रहेका छन्।

यस पटक, नयाँ सदस्यताको लागि ४,०८६ जनाले आवेदन दिएका छन् भने ९६६ जना पेन्डिङ अवस्थामा र ४,५६७ जना ड्राफ्ट अवस्थामा रहेको पनि परिषद्ले जानकारी दिएको छ।

एनआरएनए जापानले सदस्यता प्रमाणीकरण प्रक्रिया जुन १५ तारिखसम्म सम्पन्न गरिने जनाएको छ। पेन्डिङ अवस्थामा रहेका आवेदकहरूलाई सोही मितिभित्र आवश्यक कागजात अपलोड गर्न तथा ईमेलमार्फत पठाइएको सूचना चेक गर्न अनुरोध गरिएको छ। यदि कुनै प्रमाणीकरण त्रुटिपूर्ण भएको वा योग्यता बाहिर जान पुगेको पाइएमा समयमै जानकारी गराउन समेत परिषद्ले आग्रह गरेको छ।

एनआरएनए जापानका प्रवक्ता खगराज गौतमका अनुसार- यस पटक एनआरएनए जापानले आईसीसीको विवादलाई सतहमा ल्याउनबाट जोगाउन सक्नु,नेपाल हाउस निर्माणको अवधारणा सार्वजनिक गरि निर्माण प्रकृयामा अगाडि बढाउनु जस्ता सकारात्मक कारणहरुले जापानबासी नेपालीहरुमा एनआरएनएप्रति विश्वास बढायो र धेरै नेपालीहरु यो अभियानमा जोडिए।

प्रवक्ता गौतमले भने – “सदस्यता आवेदन प्रक्रियामा सक्रिय सहभागिता जनाएका सम्पूर्ण जापानवासी नेपालीहरूमा आभारका साथै ,यो ऐतिहासिक उपलब्धिका लागि सिङ्गो कार्यसमिति, १२ वटै क्षेत्रीय समन्वय परिषद्, अभियन्ता, सामाजिक संस्था, पत्रकार, सञ्चारकर्मी र सम्पूर्ण सहयोगीहरूप्रति एनआरएनए जापान धन्यवाद व्यक्त गर्दछ।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार