
टोकियो/जापान। सन् १९७५ को जुन महिनामा ओसाका प्रिफेक्चरको तोयोनाकामा पहिलोपटक पसल सञ्चालनमा ल्याएको लसोनले हाल ५० वर्षे यात्रा पूरा गरेको छ। टोकियोमा मुख्यालय रहेको लसोन कम्पनी आज जापानभित्र १४ हजार ६ सय ५८ वटा तथा विदेशमा ७ हजार ५ सय ४८ वटा स्टोर सञ्चालन गरिरहेको छ।
लसोनका अध्यक्ष तथा सीईओ सादानोबु ताकेमासुले पहिलो पसलमै आयोजना गरिएको एक विशेष समारोहमा भने, “हामीले सुरुमा जुन साहसिक भावना लिएर यो यात्रा थालेका थियौँ, त्यसलाई कहिल्यै बिर्सिएर होइन, अझ नयाँ चुनौतीहरू लिएर अघि बढिरहनेछौं।”
दुग्धजन्य उत्पादन देखाउने सेतो साइनबोर्डले चिनिने लसोनको सुरुवात सुपरमार्केट चेन डाइएईको सहायक कम्पनीको रूपमा भएको थियो। तर, डाइएई आर्थिक संकटमा परेपछि यसको स्वामित्व जापानी ट्रेडिङ कम्पनी मिचुबिशी कर्पोरेशनले लिएको थियो।
हाल लसोन मिचुबिसी र जापानी दूरसञ्चार कम्पनी केडिडिआईको ज्वाईन्ट भेन्चर बनेको छ र यो निजी कम्पनीका रूपमा सञ्चालनमा रहेको छ।
लसोनले पछिल्ला वर्षहरूमा धेरै चर्चित उत्पादनहरू बजारमा ल्याएको छ। सन् १९८६ मा सार्वजनिक गरिएको “खाराआगेकुन” (फ्राइड चिकेन नगेट) हालसम्म ४ अर्ब ५० करोड पटकभन्दा बढी बिक्री भइसकेको छ। यस्तै, सन २००९ मा सुरु गरिएको “प्रिमियम रोल केक” ले लसोनलाई कनभिनियन्स स्टोर डिजर्ट (मिठाइ) को अगुवा बनाएको छ।
लसोनले ग्राहक सुविधामा पनि निरन्तर सुधार गर्दै आएको छ । जसअन्तर्गत सार्वजनिक शौचालयहरू, हुलाकका बाकसहरू समेत स्टोरहरूमा जडान गरिएको छ।
हालैका वर्षहरूमा जापानी समाजको वृद्ध हुने क्रमलाई ध्यानमा राख्दै लसोनले सामाजिक समस्याहरू समाधान गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ।
यस अन्तर्गत, जनसंख्या घट्दै गएका ग्रामीण क्षेत्रमा समेत स्टोर खोल्ने, ड्रोनमार्फत घरमै सामान डेलिभरी गर्ने, अनि “लसोन टाउन” नामक नयाँ अवधारणाको विकास गरिँदैछ जसमा मेडिकल र नर्सिङ सेवा पनि समावेश गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




