टोकियो/जापान । टोकियो महानगर प्रहरीले सन् सन २०२५ को मे महिनाको अन्त्यसम्मको विशेष ठगी सम्बन्धी विवरण सार्वजनिक गर्दै यस वर्ष अघिल्लो वर्षको तुलनामा घटनाको संख्या र आर्थिक क्षति दुवै उल्लेखनीय रूपमा बढेको जानकारी दिएको छ।
प्रहरीका अनुसार, प्रहरी अधिकारीको नाउँमा गरिएको ठगी सबैभन्दा गम्भीर समस्या बनेको छ। यस्तो किसिमको ठगीबाट मात्र ८३ अर्ब ४० करोड येनभन्दा बढीको क्षति भएको जनाइएको छ, जुन कुल ठगी क्षतिको करिब ६५ प्रतिशत हो।
टोकियो प्रहरीको विशेष ठगीविरुद्धको कार्यदलले दिएको विवरणअनुसार, यो वर्ष मेको अन्त्यसम्म १,८०८ वटा ठगीका घटना प्रहरीमा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५२९ वटा बढी हो। यस्तै, कुल ठगीबाट भएको आर्थिक क्षति १२८ अर्ब ४० करोड येन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८९ अर्ब २० करोड येनको वृद्धि हो।
यसमा “ओरे-ओरे ठगी” भनिने शैली—जसमा आफन्त, बैंक कर्मचारी वा प्रहरी अधिकारीको नाउँमा ठगिन्छ—को संख्या सबैभन्दा धेरै छ। यस्ता ठगीहरूले ११२ अर्ब ८० करोड येनको क्षति पुर्याएका छन्।
त्यसमध्ये ८७२ वटा घटनामा ठगहरूले आफूलाई प्रहरी अधिकारी भनेर परिचय दिएका थिए, जसबाट ८३ अर्ब ४० करोड येनको क्षति भएको पुष्टि गरिएको छ।
ठगी रोकथाममा चुनौती
यस वर्ष अघिल्लो चरणमै रोक्न सकिएको ठगीको संख्या ७८३ मा सीमित रह्यो, जुन अघिल्लो वर्षको तुलनामा ५०५ घटेको हो।प्रहरीले यसका पछाडि एक नयाँ प्रवृत्तिलाई कारण देखाएको छ । ठगी अब एटिएमबाट होइन, इन्टरनेट बैंकिङमार्फत गर्न थालिएको छ।यसले गर्दा बैंक वा कनभिनिएन्स स्टोरका कर्मचारीहरूले पनि ठगी पहिचान गर्न कठिन हुने अवस्था सिर्जना भएको बताइएको छ।
टोकियो प्रहरीले जनतालाई सावधानी अपनाउन आग्रह गर्दै भनेको छ- “यदि प्रहरी हुँ भन्दै फोन कल आएमा फोनमा कुराकानी जारी नराखी, तुरुन्तै फोन काट्नुहोस् र नजिकको प्रहरी चौकीमा सम्पर्क गर्नुहोस्।”
अन्य ठगी: सोसल मिडिया र रोमान्स ठगी
प्रहरीको रिपोर्टअनुसार, SNS (सोसल मिडिया) मा आधारित लगानी ठगी र रोमान्स ठगीसम्बन्धी घटनाहरू ४२० वटा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ११२ वटा बढी हो।
तर यस्ता ठगीबाट भएको कुल क्षति भने ६० अर्ब २० करोड येनमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९ अर्ब ५० करोड येनले कम हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




