टोकियो/जापान। जापानभरिका सुपरमार्केटहरूमा जुन ८ तारिखसम्मको एक सातामा बिक्री भएको चामलको औसत मूल्य ५ किलोको लागि करसहित ४,१७६ येन पुगेको छ। यो मूल्य अघिल्लो साताभन्दा ४८ येन कम हो ।

कृषि, वन तथा मत्स्य मन्त्रालयले देशभरका करिब १ हजा सुपरमार्केटमा बिक्री भएको चामलको मूल्य संकलन गरी साप्ताहिक रूपमा सार्वजनिक गर्ने गर्दछ।यसअनुसार जुन २ देखि ८ तारिखसम्मको एक हप्ताको अवधिमा चामलको औसत मूल्य ५ किलोको लागि करसहित ४,१७६ रहेको देखिएको हो ।

पछिल्लो डेटा अनुसार, यसमा विभिन्न क्षेत्र र जातका चामल मिसाइएको “ब्लेन्डेड चामल” को मूल्य ३,८३४ येन रहेको छ, जुन अघिल्लो साताभन्दा ¥६४ कम हो।अर्कोतर्फ, एकै क्षेत्र र एकै जातको “ब्राण्डेड चामल” को मूल्य भने ४,४४३ येन पुगेको छ, जुन अघिल्लो साताभन्दा १४ बढेको हो।

तर, माथि उल्लेख गरिएका तथ्यांकहरूमा पछिल्लो समय सरकारले सिधै सम्झौता मार्फत बिक्री गरिरहेको सञ्चित चामलको मूल्य समावेश छैनन्। त्यसैले कृषि मन्त्रालयले उक्त किसिमको चामल बिक्री गर्ने सुपरमार्केट र कनभिनिएन्स स्टोर समेत गरी २४०० भन्दा बढी पसलहरूको सर्वेक्षण पनि छुट्टै रूपमा सार्वजनिक गरेको छ।उक्त तथ्यांक अनुसार, स्वैच्छिक सम्झौता अनुसार बिक्री हुने सञ्चित चामलको औसत खुद्रा मूल्य ५ किलोको लागि करसहित २,११९ येन रहेको छ।

यसको बिक्री मात्रा कुल चामल बिक्रीको ५१ प्रतिशत रहेको छ, जसले गर्दा उपभोक्ताहरूको माग मुख्य रूपमा सस्तो सञ्चित चामलमा केन्द्रित भएको देखिन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार