ओसाका/जापान। बागलुङ समाज जापान, कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ। गत सोमबार ओसाकको तेन्नोजीस्थित बाँसुरी रेस्टुरेन्टमा आयोजित अधिवेशनले सर्बसम्मतरुपमा कार्यसमिति चयन गरेको छ।
नवगठित कार्यसमितिमा संयोजकको रूपमा बेद प्रसाद कँडेल चयन भएका छन् भने राम थापा (नारायण), सुजन शर्मा, र जीवन घर्ती उपसंयोजक पदमा चयन भएका छन् । त्यसैगरि अन्य पदाधिकारीहरुमा कुशल बोहोरा सचिव तथा दिनेश पौडेल सह-सचिव गोपाल कृष्ण सापकोटा कोषाध्यक्ष र अविरल के.सी. सह-कोषाध्यक्षमा चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूको रूपमा शान्ति सापकोटा कँडेल, ज्योति सापकोटा आचार्य, शर्मिला आचार्य कँडेल, र गणेश सिंजालि चयन भएका छन् ।
समितिको बैठक मार्फत थप तीन जना सदस्य मनोनयन गर्ने बिधान समेत रहको छ ।बागलुङ समाज जापानका उपाध्यक्ष अशोक शर्मा गोपालको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिले सफलतापूर्वक अधिबेशन सम्पन्न गरेको थियो। समितिको सदस्यहरूमा उपाध्यक्षद्वय विष्णु सापकोटा र रामु खत्री रहेका थिए।
अधिवेशनमा बागलुङ समाज जापानका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक,एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले बागलुङ समाज जापानको प्रारम्भिक परिकल्पना र उद्देश्य स्मरण गर्दै भने- “समाजको परिकल्पना जुन उद्देश्यले गरिएको थियो सो उद्देश्य प्राप्तिका लागि भएका गतिविधिले आफूलाई खुसी तुल्याएको र समाजको प्रभावकारिता बढ्दै गएको तथा धेरैभन्दा धेरै बागलुङेहरुले समाजका गतिविधिहरूलाई नजिकबाट अपनत्व गर्न पाएका छन्।”
बाग्लुङ समाज जापानका संरक्षक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव रामकृष्ण बम मल्लले जापानका हरेक क्षेत्रमा रहेका बागलुङवासीहरूलाई बागलुङ समाज जापान मार्फत संगठित गर्दै, साझा पहिचान र समृद्धिको दिशामा अघि बढ्नु पर्नेमा कुरामा जोड दिँदै सामाजिक सद्भाव, सहकार्य र संगठनात्मक सुदृढीकरणतर्फ ठोस कदम अघि बढाउनु आजको आवश्यकता रहेको बताएका थिए ।
त्यसैगरी बागलुङ समाज जापानका सल्लाहकार आत्माराम गैरे तथा समाजसेवी तुलसीराम खरेलले पुरानो पुस्ता र नयाँ पुस्ता बीच समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढेमा हरेक सामाजिक संस्थाले लिएका उद्देश्य प्राप्ति हुँदै जाने कुरामा जोड दिएका थिए।
एनआरएनए जापानका उपाध्यक्ष कृष्ण गैरे,सचिव दिपेश केसी र दिलिप कँडेल,एनआरएनए कान्साईका संयोजक हरिप्रसाद कँडेल, एनआरएनए जापानका सदस्य बिष्णु प्रसाद सापकोटा,गल्कोट समाज जापानका केन्द्रीय उपाध्यक्ष शिवु थापा, गल्कोट समाज कान्साईका अध्यक्ष नरबहादुर थापा, बिहुँकोट समाज कान्साईका अध्यक्ष बलबहादुर क्षेत्री, मालिका समाजका संयोजक नन्दु सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
औपचारिक कार्यक्रम पश्चात् भएको अनौपचारिक कार्यक्रममा चर्चित कलाकारहरू सूर्य खड्का,काजल गुरुङ र सञ्जीव रानाले सांगीतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए।
अधिवेशनको सभापतित्व बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा,स्वागत उपाध्यक्ष राजु केसी र सञ्चालन उपाध्यक्ष विष्णु सापकोटाले गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




