टोकियो/जापान।  लमजुङ समाज जापानको अधिवेशन सम्पन्न भएको छ। आइतबार टोकियोमा सम्पन्न अधिवेशनले लिल  गुरुङ (नमस्ते) लाई सर्वसम्मत रूपमा आगामी दुई वर्षका लागि समाजको अध्यक्षमा चयन गरेको छ।

अधिवेशनले अध्यक्ष गुरुङको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिको महासचिवमा महेन्द्र न्यौपाने चयन भएका छन् भने उपाध्यक्षहरुमा दामोदर धिताल, सोम गुरुङ र महिला उपाध्यक्षमा रूपी दूरा चयन भएकी छन् ।

कार्यभार हस्तान्तरण समारोहमा निवर्तमान अध्यक्ष गुनीमाया गुरुङले नव-निर्वाचित अध्यक्ष गुरुङको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै समाजलाई अझ सशक्त र सक्रिय बनाउने अपेक्षा व्यक्त गरिन् ।

नवनिर्वाचित अध्यक्ष नमस्ते गुरुङले समाजको सदस्यता विस्तार र आवश्यकता अनुसार विभिन्न प्रान्तीय समिति गठनमा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार