टोकियो/जापान। जापानको हालको आर्थिक संकट र बढ्दो मुद्रास्फीतिका कारण बेन्तो पसलहरू ठूलो कठिनाइमा परेका छन्। देशभर फैलिँदो स्थिर मुद्रास्फीतिको प्रभावले गर्दा साना व्यवसायहरू चलाउन झनै चुनौतीपूर्ण बन्दै गएको छ।

तेइकोकु डाटाबैंकको हालैको प्रतिवेदन अनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्र २२ वटा बेन्तो पसलहरू टाट पल्टिएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा बढी हो। सन् २०२४ मा भने कूल ५२ वटा बेन्तो पसलहरूले टाट पल्टिएको घोषणा गरेका थिए, जुन सन् २००० यता अहिलेसम्मकै उच्च वार्षिक संख्या हो।

विद्यार्थी, कार्यालय कर्मचारी र व्यस्त मानिसहरूका लागि सस्तो र छिटो भोजनको लोकप्रिय माध्यम बनेका बेन्तो अहिले सुपरमार्केट, कनभिनियन्स स्टोर र विशेष बेन्तो पसलहरूमा सजिलै पाइन्छन्।

हालसालैको तथ्यांक हेर्दा, सन् २०२५ मा पनि टाट पल्टिने संख्या अझ बढ्ने र नयाँ रेकर्ड कायम हुन सक्ने अनुमान गरिएको छ। खासगरि यो वर्ष चामलको उच्च मूल्यका कारण प्रभावित हुने कम्पनीहरुको संख्या अधिक रहेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार