ओसाका/जापान। गुरुङ समाज जापानको कान्साई क्षेत्रीय समितिले आगामी जुलाई १३ तारिखका दिन पारिवारिक भेटघाट तथा बार्बेक्यु कार्यक्रम आयोजना गर्ने भएको छ। समाजका सचिव युना गुरुङका अनुसार प्रवासमा रहेका नेपालीबीच आपसी भाइचारा, सामाजिक सद्भाव र एकता मजबुत बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
सचिव गुरुङले जानकारी दिँदै भने- “कान्साई क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा सम्पूर्ण नेपाली समुदायबीच आत्मीयता र मित्रवत् सम्बन्ध बढाउने हेतुले खुला बार्बेक्यु कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो।”
उक्त कार्यक्रम ओसाका सहरको 大阪府大阪市淀川区西中島2丁目1 (西中島地区 バーベキュー広場) मा हुनेछ। आयोजक समितिले कान्साईमा सक्रिय सबै नेपाली संघसंस्था, समूह र व्यक्तित्वहरूलाई कार्यक्रममा सहभागी हुन विशेष अनुरोध गरेको छ।
सचिव गुरुङका अनुसार सबै संघसंस्थाहरुमा निमनत्रणा गरिएको छ। यदि कुनै संघसंस्था वा व्यक्तिलाई औपचारिक निमन्त्रणापत्र प्राप्त नभएको भए पनि यसै समाचारलाई आधिकारिक निम्तो मानेर गरिमामय उपस्थिति जनाईदिनहुन अनुरोध गर्दछौँ ।
कार्यक्रममा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिनेछ। आयोजक समितिले सहभागी सबै नेपालीहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




