नागानो/ जापान । गैरआवासीय नेपाली संघ जापान अन्तर्गत नागानो क्षेत्रीय कार्यसमितिको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट सन् २०२५-२०२७ कार्यकालका लागि जीवन क्षेत्री पौडेल संयोजकमा चयन भएका छन् ।

अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका निर्वाचन टिमलाई धन्यवाद ज्ञापन गरिएको छ। अधिवेशनमा सहभागी सम्पूर्ण सदस्यहरूको सक्रियता र एकताले कार्यक्रमलाई सफल बनाएको क्षेत्रीय निर्वाचन प्रतिनिधि एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले बताए।

नयाँ कार्यसमितिको संयोजकमा जीवन क्षेत्री पौडेल, उपसंयोजकमा निर्मल अर्याल,उपसंयोजक (महिला तर्फ) अमृता रेग्मी, सचिवमा उज्वल पहरी,सहसचिवमा प्रमोद खत्री,कोषाध्यक्ष: बालकृष्ण सुवेदी, युवा संयोजकमा नविन रेग्मी चयन भएका छन्।

त्यसैगरि सदस्यहरूमा- राम कटिया,कृष्ण डल्लाकोटी,कृपा लामा, मिनी पुन, राजन पन्थी, टारजन कायत, सञ्जिव श्रेष्ठ र युकेश मगर चयन भएका छन् ।

नन्दराज जोशीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा अन्य नेपाली संघ/संस्थाका प्रतिनिधीहरु सहित अर्का केन्द्रीय निर्वाचन प्रतिनिधि एनआरएनए जापानका कार्यसमिति सदस्य दिनेश लोहनीको पनि सहभागिता रहेको थियो।

नवनिर्वाचित कार्यसमितिलाई स्थानीय नेपाली समुदाय, संघ-संस्थाका प्रतिनिधिहरू तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। आगामी दुई वर्षका लागि नयाँ नेतृत्वले नागानो क्षेत्रका नेपालीहरूका हितका लागि विभिन्न कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार