टोकियो/जापान। आज जुलाई ४ तारिख पनि समग्र जापान संगै पश्चिम क्षेत्रमा उच्च गर्मीको अवस्था जारी रहने मौसम विभागले जनाएको छ। धेरै स्थानमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेकाले, हिटस्ट्रोक बाट जोगिन कडा सतर्कता अपनाउन अनुरोध गरिएको छ।

जापानको मौसम विभागका अनुसार, आज पनि पश्चिम जापान क्षेत्र उच्च चाप प्रणालीको प्रभावमा रही मौसम सफा रहनेछ र तापक्रम अझै बढ्नेछ।

मुख्य शहरहरूमा अनुमानित उच्चतम तापक्रमःताकामाचुमा ३७ डिग्री,ओकायामा र यामागुचीमा ३६ डिग्री,कुमामोतो, क्योतो, फुकुई र कोफुमा ३५ डिग्री, फुकुओका, माचुयामा, ओसाका, र नागोयामा ३४ डिग्री, हिरोशिमा, निगाता, नागानो, र टोकियोमा ३३ डिग्री तापक्रम कायम रहने आँकलन गरिएको छ।

उच्च गर्मीका कारण बिरामीको संख्या बढ्नसक्नो भएकाले- मिए, तोयामा, इसिकावा, क्योतो,ह्योगो, वाकायामा, हिरोशिमा, शिमाने, तोत्तोरी तथा शिकोकोका सबै ४ प्रिफेक्चर,क्युसु क्षेत्रका सबै प्रिफेक्चर (अमामी क्षेत्र बाहेक) र ओकिनावाको मुख्य टापु क्षेत्रमा हिटस्ट्रोक चेतावनी जारी गरिएको छ।

यो गर्मीबाट जोगिनका लागि घरभित्र रहँदा एयर कन्डिसनको उपयुक्त प्रयोग गर्ने, प्रशस्त पानी र नुनयुक्त पदार्थहरूको सेवन गर्ने,बाहिर काम गर्दा समय–समयमा विश्राम लिने ,बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरूको विशेष ख्याल गर्ने जस्ता उपायहरु कार्यन्वयन गर्न सुझाव दिइएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार