टोकियो/जापान।जापानका प्रमुख कम्पनीहरूले यस वर्षको वसन्तकालीन तलब वार्तामा औसत ५.२५ प्रतिशत तलब वृद्धि गर्ने सहमति जनाएका छन्। यो दर लगातार दोस्रो वर्ष ५ प्रतिशतभन्दा माथि पुगेको हो। तर यो वृद्धिले चालू मुद्रास्फीतिलाई सम्हाल्न भने सकेको छैन।

५ हजारभन्दा बढी श्रमिक युनियनहरूको वार्ता नतिजा संकलन गर्दा, मासिक तलबमा औसत १६ हजार ३ सय ५६ वृद्धि भएको पाइएको छ। गत वर्ष पनि ३३ वर्षपछि पहिलो पटक तलब ५% ले बढेको थियो।

तर सानो तथा मध्यम स्तरका कम्पनीहरूमा तलब वृद्धिको दर ठूलो कम्पनीहरूभन्दा कम देखिएको छ। यस्ता कम्पनीहरूमा औसत ४.६५ प्रतिशत वृद्धि मात्र भएको छ, जुन १२ हजार ३ सय ६१ बराबर पर्छ।

मजदुर संगठन रेन्गोका कार्यकारी निर्देशक आकीरा निदाइराले भने, “तलब बढाउने कम्पनीहरूको दायरा बढेको छ, तर साना तथा मध्यम उद्यमहरूले ५ प्रतिशतको लक्ष पार गर्न नसक्नु दुःखद हो।सरकारी तथ्यांकअनुसार, वास्तविक तलब भने लगातार चौथो महिना पनि घटेको छ, किनभने उपभोक्ता मूल्य सूचकाङ्क (महँगी) बढ्दो क्रममा छ।

मिच्चुइ युएफजे रिसर्च एण्ड कन्सल्टिङका शिनिचिरो कोबायासीका अनुसार, साना कम्पनीहरूले तलबका कारण कामदार भर्ना गर्न गाह्रो पर्न सक्छ। “नाफा र कम्पनीको आर्थिक सहनशक्ति बीचको अन्तर अझ स्पष्ट बन्दै गएको छ,”

सन १९९५ पछि वसन्त तलब वार्तामा तलब वृद्धिको दर ३ प्रतिशतभन्दा तल रहँदै आएको थियो। तर, सन २०२३ मा औसत वृद्धिदर ३.५८ प्रतिशत पुगेको थियो। सन २०२४ मा अन्तिम औसत वृद्धिदर ५.१० प्रतिशत, र साना–मध्यम उद्यममा ४.४५ प्रतिशत रहेको छ।

यसैबीच, ठूला कम्पनीहरूको श्रमिकहरूले पाउने ग्रीष्मकालीन बोनस पनि कीर्तिमानी रूपमा ९ लाख ९० हजार ८ सय ४८ पुगेको छ, जुन सन् १९८१ मा तथ्यांक संकलन सुरु भएयता सबैभन्दा उच्च हो। यो संख्या अघिल्लो वर्षको तुलनामा ४.३७ प्रतिशतले वृद्धि भएको हो, र लगातार चौथो वर्ष बोनस वृद्धि भएको देखिन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार