टोकियो/जापान । जापानको इबाराकी प्रिफेक्चरको युकीसीमा बसोबास गर्दै आएकी नेपाली महिला शर्मिला पाईजाको दुखद निधन भएको छ। उहाँको पार्थिव शरीर नेपाल लैजानका लागि गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, तोचिगीले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेको छ।

बाग्लुङ जिल्ला, ढोरपाटन नगरपालिका-६ चामी दुवार स्थायी ठेगाना भई जापानमा रोजगारीरत भुवन बुढा मगरकी श्रीमती शर्मिला पाईजा गत जुन ३० तारिख नियमित गर्भजाँचका लागि आकिवा प्रसुती अस्पताल पुगेकी थिइन्। उनको स्वास्थ्यमा असामान्य अवस्था देखिएपछि डाक्टरको सल्लाहअनुसार सोही दिन साँझ शल्यक्रिया गरी बच्चालाई जन्म दिइएको थियो।

तर जुलाई १ तारिख आमा र नवजात शिशु दुवैको स्वास्थ्यमा समस्या देखिएपछि शर्मिला पाईजालाई इबाराकी सेइनान मेडिकल सेन्टर अस्पतालममा स्थानान्तरण गरिएको थियो। त्यहाँ उपचारको केही समयमै उहाँको हृदयघातका कारण निधन भएको थियो। नवजात शिशुको अवस्था पनि गम्भीर रहेको र हाल आईसियुमा उपचार भइरहेको जनाइएको छ।

मृतकका परिवारले पार्थिव शरीर नेपाल पठाईदिन आग्रह गरेका छन्। तर कमजोर आर्थिक अवस्थाका कारण आफन्तहरूले सबैको सहयोगको अपेक्षा गरेका छन्। यस सन्दर्भमा गैरआवासीय नेपाली संघ, तोचिगीले जापानभरका नेपाली समुदाय र संघसंस्थाहरूलाई सहयोगका लागि अपिल गरेको हो।

सहयोग पठाउने विवरण:नाम: भुवन बुढा मगर (Buda Magar Bhuwan)
カタカナ: ブダ マガル ブワン
खाता नम्बर: 12020-13919701
बैंक: Japan Post Bank

शर्मिला पाईजाको पार्थिव शरीरलाई मातृभूमि पुर्याएर अन्तिम संस्कार गराउन तथा जटिल अवस्थामा रहेका नवजात शिशुको उपचारमा सघाउन तपाईं हाम्रो सानो सहयोगले ठूलो राहत मिल्नेछ भन्ने विश्वासका साथ सबैमा हार्दिक अनुरोध गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार