टोकियो/जापान । जापानमा रहेका दोलखा जिल्लाका नेपालीहरूको साझा संस्था दोलखा समाज जापानले आफ्नो सामाजिक दायित्व अझ मजबुत पार्ने उद्देश्यले १ करोड रकम बराबरको कल्याणकारी अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ।
समाजको हालै सम्पन्न विशेष बैठकबाट सर्वसम्मत निर्णय गर्दै सो कोषमार्फत आर्थिक, सामाजिक तथा आपतकालीन अवस्थामा सहयोग पुर्याउने लक्ष्य लिइएको छ। कोष स्थापनासँगै दोलखाली समुदाय मात्र नभई जापानमा रहेका अन्य नेपालीहरूलाई समेत आवश्यक परेमा राहत, उपचार तथा संकट व्यवस्थापनमा साथ दिने समाजको उद्देश्य छ।
दोलखा समाज जापानका अध्यक्ष संजिव पोखरेलका अनुसार, “हामी विदेशमा भए पनि हाम्रो सामाजिक भावना र समर्पणलाई जीवित राख्न चाहन्छौं । अक्षय कोष स्थापनाले दीर्घकालीन रुपमा आवश्यक परेको बेला सघाउने हाम्रो सपना साकार हुँदैछ।”
समाजको हालै सम्पन्न बार्बिक्यू कार्यक्रम तथा अक्षयकोष निर्माणार्थ सहायोग होस भन्ने हेतुले कोष समाजका अध्यक्ष पोखरेलले ५ लाख जापानी येन रकम सहयोग गरिसक्नु भएको छ भने समाज संस्थापक अध्यक्ष एवं हालका संरक्षक नवराज थापाले प्रत्यक वर्ष बैवाहिक वर्षगाँठको अवसर पारेर एकलाख जापानीयनका दरले १० वर्ष सम्म निरन्तर कोषमा जम्मा गर्न प्रतिवद्धता समेत गर्नू भएको छ । साथै समाजका सचिव तिलकराज खतिवडाले ५० हजार जापानीयन रकम कोषमा सहयोग गर्ने प्रतिवद्धता गरिसक्नु भएको छ ।
कोषमा हालको चरणमा सदस्यहरूको नियमित योगदान, शुभेच्छुकहरूको सहयोग र जापान तथा नेपालस्थित संघसंस्थाहरूको सहकार्यबाट कोष संकलन गरिनेछ। साथै, कोष पारदर्शिता र उत्तरदायित्वका आधारमा सञ्चालन गरिने जानकारी दिइएको छ।
अक्षय कोष बृद्धि लागि ११ सदस्य अक्षय कोष बृद्धि समिती समेत गठन गरेको छ । समितिमा समाजका अध्यक्ष संजिव पोखरेल संयोजक रहने गरि नवराज थापा,रोशन थापा, महेश खड्का, रामचन्द्र गिरी, लोकराज चौलागाई र गिर बहादुर तामाङ, नारायण खड्का, महेन्द्र राउत, अनुप खड्का, तिलक खतिवडा, रहने जनाईएको छ । दोलखा समाज जापानले अक्षय कोष बृध्दिका लागी विभिन्न सांस्कृतिक कार्यक्रम जस्तै दोलखा सांस्कृतिक साँझ, दशै , तिहार तिज संस्कृतिक कार्यक्रम, दोलखा महोत्सव जापान , दोलखाली संगीतीक साँझ आदि र विभिन्न खेलकुदका कार्यक्रम पनि गर्ने छ । संस्थको १ करोड को अक्षय कोषको लक्ष्य संस्थाले तोकेको समय भन्दा निकै चाडै हाँसिल गर्ने कुरा संस्थाको महासचिव अनुप खड्काले बताए।
दोलखा समाज जापानले विगतदेखि नै विभिन्न सामाजिक, सांस्कृतिक तथा आपतकालीन सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कोरोना महामारी, भूकम्प पीडित सहायता र शैक्षिक कार्यक्रमहरूमा समाजको सक्रियता उल्लेखनीय रहँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




