शिजुओका/ जापान । जापानको अग्लो शिखर फुजी पर्वतको यो वर्षको पूर्ण आरोहण सिजन बिहीबारदेखि सुरु भएको छ, शिजुओका प्रिफेक्चरको तीनवटै पदमार्ग (फुजिनोमिया, गोतेनबा र सुबासिरी) औपचारिक रूपमा खुलेका छन्। यससँगै ती मार्ग प्रयोग गर्ने सबै आरोहीबाट प्रति व्यक्ति ४ हजार येन शुल्क लिइने भएको छ।
यसअघि जुलाई १ मा यामानाशी प्रिफेक्चरको सबैभन्दा लोकप्रिय योशिदा पदमार्ग खुलेको थियो। दुबै प्रिफेक्चरले बुलेट क्लाइम्बिङ अभ्यासलाई रोक्न विभिन्न नयाँ नियम लागू गरेका छन्। यो शैलीमा आरोहीहरूलो बाटोमा विश्राम नगरि रातभरी यात्रा गरि ३,७७६ मिटर अग्लो जापानकै सर्वोच्च शिखरतर्फ लाग्छन्, जुन खतरनाक मानिन्छ।
यामानाशीको योशिदा पदमार्गसहित शिजुओकाका तीनवटै पदमार्ग सेप्टेम्बर १० सम्म खुला रहनेछन्।
यस वर्षदेखि शिजुओका प्रिफेक्चरले प्रवेश शुल्क उठाउनुका साथै दिउँसो २ बजेदेखि बिहान ३ बजेसम्म पदमार्गमा प्रवेश गर्न रोक लगाएको छ। उता यामानाशी प्रिफेक्चरले भने भीड कम गर्न र वातावरणीय प्रभाव घटाउन गतवर्षको २ हजार येन शुल्कलाई दोब्बर गरी ४ हजार येन बनाएको छ।
योशिदा मार्गमा दैनिक ४ हजार जना आरोहीको सीमा तोकिएको भए पनि शिजुओकातर्फका तीनवटै मार्गमा भने कुनै सीमा तय गरिएको छैन।
शिजुओकातर्फको पदमार्ग प्रयोग गर्न चाहने आरोहीहरुले अनिवार्य रूपमा पर्वतारोहणका नियम र शिष्टाचारसम्बन्धी तालिम लिएर परीक्षण पास गर्नुपर्छ, जुन प्रत्यक्ष वा स्मार्टफोन एपमार्फत दिन सकिनेछ।
त्यस्तै, पर्वतको पाँचौं स्टेसनबाट माथि चढ्न पहिल्यैबाट पहाडी वासस्थानहरुमा बासको आरक्षण नगरेका यात्रुहरूलाई गेटबाट प्रवेश दिइने छैन।
सन् २०१३ मा युनेस्कोको विश्व सांस्कृतिक सम्पदामा सूचीकृत फुजी पर्वतमा हरेक वर्ष लाखौँ आरोही पुग्ने गर्दछन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




