टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको आगामी कार्यकाल(सन २०२५ -२७)को लागि दिनेश लोहनीले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
बिगत १४ बर्षदेखि जापान बस्दै आएका लोहनी,अध्ययन सक्काएर पछिल्लो १० वर्षदेखि जापानमा आफ्नो व्यवसाय गर्दै आईरहेका छन्। लोहनी व्यवसायसंगै निरन्तर विभिन्न सामाजिक संस्थाहरुमा आबद्धता रहँदै आएका छन् । धादिन्ग समाज जापानको महासचिव वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष समेत भइ सफल कार्यकाल सम्पन्न गरिसकेका छन् भने,एनआरएनए जापानको मानार्थ सदस्य तथा वर्तमान कार्यसमितिको सल्लाहकारका रुपमा सक्रिय रहँदै आएका छन्। लोहनी वर्तमान कार्यसमितिको एक सक्रिय सदस्य हुन्।
धादिङ समाज जापानको सफल नेतृत्व तथा एनआरएनए जापानको केन्द्रिय कार्यसमिति सदस्य भएर सामाजिक कार्यहरु मार्फत नेपाली समुदायमा परिचित लोहनी, नेपालका आवश्यक ठाउँहरुमा थप सेवा गर्न सकियोस् र जापानमा बस्ने नेपालीहरु को समस्या विगत १४ बर्षदेखि नियाली रहेको र आवश्यक समाधान पनि एनआरएनए जापान जस्तो संस्थामा आबद्ध रही नेपाल र जापान बिचको सम्बन्ध जनस्तरमा पुर्याउनुको साथै प्रबिधि रूपान्तरण सम्म सहकार्य गर्न सकिने बिश्वासको साथ कार्यसमिति (२०२५-२०२७ ) सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेको बताउँछन् ।
एनआरएनए जापानको यहि जुलाई २० तारिख १२ औँ अधिवेशन तथा २७ तारिख निर्वाचनको मिति तय भएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




