टोकियो / जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (सन् २०२५–२०२७) का लागि नेत्र प्रसाद पाण्डेले सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमिका रूपमा आत्मसात गर्दै सामाजिक सेवामा सक्रिय रहँदै आएका पाण्डेले, “समस्या देख्ने होइन, समाधान खोज्ने नेतृत्व” को उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।
पाण्डे सन् २०१५ देखि जापानमा रहँदै विभिन्न संघ–संस्थाहरू मार्फत नेपाली समुदायसँग घनिष्ठ रूपमा जोडिँदै आएका छन् । उनले गुल्मी समाज जापान, MRR Japan, एनआरएनए क्षेत्रीय समन्वय समिति हुँदै राष्ट्रिय समन्वय परिषद (NCC) जापान सम्मको यात्रामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । पाण्डे भन्छन् – “समाजसेवा मेरो लागि प्रचारको माध्यम होइन, न त पदको आकांक्षा नै हो। जहाँ समाजलाई चाहिन्छ, त्यहीँ पुग्नुपर्छ भन्ने सोचले म निरन्तर लागिरहेँ।”
पाण्डेले एनआरएनए जस्तो संस्था केवल कार्यक्रम आयोजना गर्ने वा पद लिने थलो मात्रै नभई, जापानस्थित नेपालीहरूको वास्तविक समस्या बुझ्ने, सुन्ने र समाधान गर्ने साझेदार बन्नुपर्ने धारणा राखेका छन् । “संस्थाले समुदायको पीडा र आवश्यकतालाई नजिकबाट बुझेर काम गर्नुपर्छ,म विगतका सामाजिक अनुभवलाई अब संस्थागत रूपमा अझ प्रभावकारी ढंगले प्रयोग गर्दै, योजनाबद्ध रूपमा अघि बढ्ने संकल्पका साथ उम्मेदवारीमा उभिएको छु।” – पाण्डेले भने।
सचिव पदको उम्मेदवारीसँगै पाण्डेले जापानभर रहेका सम्पूर्ण नेपाली समुदायसँग सहयोग, सद्भाव, माया र मार्गदर्शनको अपेक्षा गर्दै, आगामी दिनमा आफ्ना गतिविधिहरू र कार्ययोजनाहरू क्रमशः सार्वजनिक गर्ने जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




