टोकियो/जापान। जापानको फुकुओकामा विगत ११ वर्षदेखि बसोबास गर्दै आएका एनआरएनए अभियन्ता बिबेक बुढाथोकीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि सचिव(खुल्ला)पदमा उम्मेदवारी घोषणा गरेका छन्।

बुढाथोकी विगत लामो समयदेखि जापानमा नेपाली समुदायको सेवामा समर्पित रहँदै विभिन्न सामाजिक संघ-संस्थामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। सन् २०१८ मा वाजिरो नेपाली सोसाइटीको संस्थापक अध्यक्षदेखि लिएर हालसम्म उनले एनआरएनए क्युस्यु क्षेत्रका विभिन्न तहमा हुँदै संयोजककोरुपमा नेतृत्वदायी भूमिका सम्हाल्दै आएका छन्।

बुढाथोकीले आफ्नो संयोजकत्वमा – नेपाल फेस्टिवल फुकुओका २०२४, नेपाली राजदूतावासको सहकार्यमा घुम्ती सेवा २०२४,फुकुओका अध्यागमन ब्यूरोसँग अन्तरक्रिया कार्यक्रम,IHNO छात्रवृत्तिको सफल व्यवस्थापन र वितरण लगायतका महत्वपूर्ण कार्यहरु सम्पन्न गरेका छन् ।

बुढाथोकीले एनआरएनए जापानका १२ वटै क्षेत्रसँग समन्वय गर्दै विधि, विधान र नीतिको पालना गर्दै संस्थालाई अझै सुदृढ र पारदर्शी बनाउने प्रतिबद्धता जनाएका छन्।उनको अभियान “अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन, इमानदारीता र पारदर्शिता – एनआरएनए बनाउने मेरो अभियान” भन्ने मूल नाराका साथ अघि बढेको छ।

अन्त्यमा उनले सबै जापानवासी नेपालीहरूलाई आफूप्रति समर्थन जनाई आगामी कार्यकालका लागि अत्यधिक बहुमतका साथ विजयी गराई सेवा गर्ने अवसर दिन हार्दिक अपिल गरेका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार