टोकियो/जापान।विगत १२ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका नारायण सुवेदीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी २०२५–२०२७ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
आफ्नो पेशा व्यवसायसंगै एनआरएनए अभियान तथा समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै आएका सुवेदीले विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । सुवेदीको सामाजीक यात्रा सन् २०१६ मा खुकुरी फुटबल क्लब स्थापना र खुकुरी कप फुटसल प्रतियोगिता आयोजना सँगसँगै औपचारिक रूपमा सुरु भएको थियो।
सुवेदीले एनआरएनएमा विभिन्न तहमा रहेर काम गरिसकेका छन्। उनि सन २०१७–२०१९: एनआरएनए क्युस्यु क्षेत्रीय सदस्य,सन २०१९–२०२१: क्युस्यु कोषाध्यक्ष,सन २०२१–२०२३: एनआरएनए जापान मानार्थ सदस्य र सन २०२३–२०२५: वर्तमानमा एनआरएनए जापानको सदस्यको रुपमा रहेका छन् ।
सुवेदीले जापानस्थित नेपाली राजदूतावासको सहकार्यमा फुकुओकामा आयोजित घुम्ती सेवा, नेपाल फेस्टिवल, हाकाता दोन्ताकु, फुकुओका अध्यागमन ब्यूरोसँगको नेपालीहरूका समस्यामाथिको अन्तरक्रियाजस्ता विभिन्न कार्यक्रमहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । साथै, नेपाल र जापानमा समस्यामा परेका नेपालीहरूलाई सहयोग पुर्याउने विविध अभियानमा पनि उनको सक्रियता उल्लेखनीय रहँदै आएको छ।
“बोलीमा सालिनता, काममा अग्रसरता, विश्वासिलो एनआरएनए निर्माणमा हाम्रो अटल प्रतिबद्धता” भन्ने नारा अघि सार्दै सुवेदीले आफूलाई अत्यधिक बहुमतका साथ विजयी गराई सेवा गर्ने अवसर दिन सबैमा हार्दिक अपिल गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




