टोकियो/ जापान | गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) (सन २०२५–०२७) कार्यकालको लागि जापानबाट युवा व्यवसायी सुमन कार्कीले सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

जापान र नेपाल दुवै देशमा व्यवसायिक संलग्नता रहेका कार्की ट्राभल, शैक्षिक परामर्श केन्द्र, रेष्टुरेन्ट तथा नेपालको कृषि क्षेत्रमा लगानीकर्ताका रूपमा परिचित छन्। उनले जापानमा विभिन्न सामाजिक कार्यहरूमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।कार्कीले टोकियोमा एल्मिरा ट्राभल र त्रिसरा नेपाली रेष्टुरेन्ट सञ्चालन गरिरहेका छन्। कार्की अघिल्लो अधिवेशनमै आईसिसि सदस्यको सशक्त दाबेदारकारुपमा देखिएका थिए ।

एनआरएनए आईसीसी सदस्यमा निर्वाचित हुनका लागि जापानको १३औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जुलाई २० तारिखमा अधिवेशन र जुलाई २७ मा निर्वाचन हुनेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार