टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एन आर एन ए ) जापानको १२ औ राष्ट्रिय महाधिबेशनमा युवा ब्यवसायी सुर्य लामीछानेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
रोजगारीको शिलसिलामा सन २००७ सालमा जापान आएका लामीछानेले केहि बर्ष जागीर गरेर आफुले आर्जन गरेको ज्ञान, सिप र अनुभबले आफ्नै ब्यवसाय गर्ने मनसायले सन २०१४ मा ब्यवसाय सुरु गरेका थिए । निरन्तरको मेहनत, लगनशिलता र इमान्दारीताले ब्यवसायमा सफलता हासील गर्दै गइरहेका छन् । टोकीयोमा सफल युवा ब्यवसायीको छबि बनाईसकेका लामीछानेको कम्पनिको विभिन्न ठाउँहरुमा ब्रान्चहरु छन । जहाँ धेरै नेपाली, ईन्डियान र थाइल्याण्डका नागरिकले रोजगारी पाएका छन ।
ब्यवसायसंगै लामीछाने सामाजीक कार्यहरुमा समेत निकै सकृय छन् । बिभिन्न सामाजीक संघ सस्थामा नेतृत्वदायी भुमीकामा रहेर सफल नेतृत्वकर्ताको पहिचान बनाउनुका साथै सामाजीक कार्यमा समेत अग्रणी भुमीका निर्बाह गर्दै आईरहेका छन् । हाल बलेवा सेवा समाज त्यस्तै बाग्लुङ समाजमा संरक्षकको भुमिकामा रहेर बिभिन्न सामाजीक गतिबिधिमा सकृय रुपमा सहभागी रहदै आएका छन् । जापानमा आपत, बिपतमा परेका नेपालीलाई निरन्तर सहयोग गर्दै आएका लामीछानेले आफुले गर्दै आइरहेको सामाजीक कार्यलाई अझै फराकीलो बनाउनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारि दिएको बताउँछन् ।
“पारदर्शीता खबरदारीता सबल एनआरएनए बनाउने मेरो प्रतिबद्दता” भन्ने तथ्यलाई आत्मसात गर्दै खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका लामीछानेले आपतबिपतमा परेका नेपालीलाई बिगत देखि नै सक्दो सहयोग गर्दै आएकोमा केन्द्रिय सदस्यमा बिजय भएपछि आफुले गर्दै आएको सामाजीक कार्यको दायरा थप फराकीलो बनाउन सहज हुने बताए । “परदेशमा रहेका नेपालीको सुख दुखमा साथ दिन पाउँदा आफुलाई ठुलो आत्मसन्तुस्टी मिल्ने लामीछानेले बताए ।
जापानमा नेपालीको अभिभावक एनआरएनए हो भन्ने भावना सबैमा जागृत गराउन, एनआरएनएलाई सबैको आशा, भरोशा र बिस्वासको केन्द्रबिन्दु बनाउन साथै सबल र पारदर्शी बनाउनका लागि सबै जापानबासी मतदातालाइ आफुलाइ अमुल्य मत प्रदान गर्न लामिछानेल् आग्रह गरेका छन् ।
एनआरएनए जापानको निर्बाचन यहि जुलाइ २७ तारीक हुँदैछ। जसमा १८३८१ सदस्यले मतदान गर्ने छन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




