टोकियो/ जापान।‘सद्भाव, सहयोग र समर्पण – चौरी देउराली जापान’ भन्ने मूल नाराका साथ चौरी देउराली सम्पर्क समाज जापानको प्रथम अधिवेशन जुलाई २१ तारिख सोमबार भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनले समाजको नीतिगत निर्णय, कार्यक्रम कार्यान्वयन तथा दैनिक सञ्चालनको नेतृत्व गर्ने ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ नेतृत्वलाई जुझारू, अनुभवी तथा समावेशी प्रतिनिधित्वको आधारमा चयन गरिएको जनाइएको छ।

निर्वाचन समितिले प्रस्ताव गरेका आधारहरूमा आधारित रही चयन गरिएको कार्यसमितिले जापानभरि रहेका चौरी देउरालीबासी नेपालीहरूका साझा योजना, समन्वय तथा समस्या व्यवस्थापनको जिम्मेवारी बहन गर्नेछ।

नव गठिन कार्यसमितिको अध्यक्षमा पेमा लामा वाइबा,उपाध्यक्षहरूमा – निरंजन गौतम,अनिल लामा,सुरेन्द्र गिरी र अमृता चौलागाई,महासचिवमा  रञ्जित गौतम,सचिवहरूमा -दीपक अधिकारी,प्रधान ज्ञानेन्द्र र सुनिस लामा, कोषाध्यक्षमा – सिखर चौलागाईं, सह–कोषाध्यक्षमा- दिपेन्द्र गिरी चयन भएका छन् ।

त्यसैगरि सदस्यहरू- उमेश गौतम,मुक्ति गौतम,बुद्ध चौलागाई,विकासराज गिरी,दिनेश गौतम,मनोज गिरी
,दीपेन्द्र गौतम,मनिता गौतम,सीएन प्रकाश,निशाना गौतम,रोसना खरेल,दीपिका चौलागाई,विनोद गिरी,प्रधान आंदी,प्रनिल गौतम,यसोदा गौतम,निसर्जन लामा, लक्ष्मण चौलागाईं, पेम्वा लामा
र राजन गौतम रहेका छन् ।

अधिवेशनपछि बसेको पहिलो बैठकले आगामी दिनमा चौरी देउराली र काभ्रेपलाञ्चोक जिल्ला निवासी सम्पूर्ण जापानबासीहरूलाई एकताबद्ध बनाउने कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार