टोकियो, जापान।हालै जापानको दैनिक जीवनमा अत्यन्तै उपयोगी बनिसकेका मोबाइल ब्याट्री, हाते फ्यान, र इलेक्ट्रिक साईकलजस्ता उपकरणहरू गर्मी मौसममा आफैं बल्ने वा विस्फोट हुने घटनाहरू उल्लेख्य रूपमा बढिरहेका छन्। विशेषगरी चर्को गर्मीको बेलामा यस्ता दुर्घटना बढी हुने गर्छन्। यस प्रकारको दुर्घटना कसरी रोक्न सकिन्छ भन्ने विषयमा सतर्कता आवश्यक देखिन्छ।
मोबाइल ब्याट्री विस्फोट : केही सेकेन्डमै ठूलो दुर्घटना
टेलिभिजनमा देखाइएको एउटा परीक्षणमा स्मार्टफोन चार्ज गर्न प्रयोग हुने मोबाइल ब्याट्री अचानक धुवाँ निकाल्न थाल्छ। त्यसपछि दुईपटक विस्फोट हुन्छ, र ब्याट्रीबाट आगो बल्न थाल्छ। १५ सेकेन्डमै ब्याट्री पूरै जलेर नष्ट हुन्छ।
२० जुलाईमा वास्तवमै यस्तै घटना टोकियोको जेआर यामानोते लाइनको रेलभित्र घट्यो। एक यात्रुले मोबाइल चार्ज गर्दै गर्दा ब्याट्री अचानक तात्न थाल्यो। जब उनले ब्याट्री हटाइन्, त्यसपछि त्यो आगलागीमा परिणत भयो।
एक यात्रुले भने,“धेरै धुवाँ निस्किरहेको थियो, गाडीभित्रको वातावरण डढेको गन्धले भरिएको थियो।”त्यस घटनामा ५ जना यात्रु घाइते भए, तीमध्ये मोबाइलको मालिक महिलाको हातमा पोलेर चोट लागेको थियो।
किन बिस्फोट हुन्छ ब्याट्री ?
मोबाइल ब्याट्रीमा सामान्यतया लिथियम–आयन सेल प्रयोग गरिन्छ। यसले थोरै समयमै धेरै शक्ति संचित गर्न सक्छ। तर, जब अत्यधिक गर्मीको सम्पर्कमा पुग्छ, त्यो भित्री रासायनिक प्रक्रिया बिग्रेर अत्यधिक तात्न पुगी विस्फोट वा आगो लाग्न सक्छ।साथै, ब्याट्रीमा ठूलो धक्का लाग्दा भीत्र सर्ट सर्किट भएर पनि आगो लाग्न सक्छ।
फोहोरमा मिलाएर फाल्दा पनि आगोको जोखिमः
फुकुई प्रिफेक्चरो साबाए नगरमा मे ९ र १३ मा फोहोर व्यवस्थापन केन्द्रमा आगलागी भयो। बाँकी राखिएको वस्तुमा लिथियम–आयन ब्याट्री प्रयोग भएको फेला पर्यो।
विमानमा आगलागी, इलेक्ट्रिक साइकल विस्फोटः
जनवरीमा दक्षिण कोरियाको एअरपुसान विमानमा आगो लागेको घटना पनि मोबाइल ब्याट्रीकै कारण भएको हुनसक्ने आशंका गरिएको छ। विमानको सामान राख्ने भागमा ब्याट्री विस्फोट भएको अनुमान गरिएको छ।
कारभित्र छोडिएका ब्याट्रीबाट पनि जोखिमः
गर्मी महिनामा गाडीभित्र मोबाइल, पावरबैंकजस्ता उपकरण छाड्दा, कारको भीत्रको तापक्रम निकै बढ्ने भएकाले ब्याट्री अत्यधिक तातेर आगो लाग्ने जोखिम उच्च हुन्छ। विशेषगरी गर्मी बिदाको समयमा गाडी यात्रा बढ्ने हुँदा थप सतर्कता आवश्यक छ।
कसरी बच्ने ?
हाम्रो जीवनमा आवश्यक भइसकेको लिथियम–आयन ब्याट्री सही प्रयोग नगरेमा ठूलो दुर्घटनाको कारण बन्न सक्छ। निम्न सावधानी अपनाएर यस्तो दुर्घटना टार्न सकिन्छ:
१.सस्तो र बिना ब्रान्डको ब्याट्री वा चार्जर प्रयोग नगर्नुहोस्।
२.गर्मी हुने स्थान (जस्तो: कार, सौर्य प्रकाशमा) मा ब्याट्री छाड्नु हानिकारक हुन सक्छ।
३.चार्ज गर्ने क्रममा ब्याट्री अत्यधिक तातिरहेको छ भने तुरुन्त चार्ज रोक्नुहोस्।
४.कुनै उपकरण फुटेको, च्यातिएको वा गिलिएको छ भने प्रयोग नगर्नुहोस्।
५.ब्याट्री वा मोबाइल फोहोर फ्याल्दा सही तरिकाले छुट्याएर फाल्नुहोस्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




