ओसाका/जापान ।
जापानको ओसाका–कान्साई एक्स्पोको आयोजनस्थलमा शुक्रबार राति एक विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भयो, जसमा ६२ वटा देशका ३ हजार ९ सय ४६ जना सहभागी भएर परम्परागत जापानी नृत्य बोन ओदोरी नाचेका थिए। सामूहिक सहभागिता र बहुराष्ट्रिय उपस्थिति दुवैका आधारमा यो कार्यक्रमले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दुईवटा नयाँ कीर्तिमान स्थापित गर्न सफल भएको छ।
“माचुरी” अर्थात् जापानी महोत्सवको थीममा आयोजना गरिएको यो कार्यक्रम “ओसाका वीक” नामक प्रचारात्मक अभियानको एक भाग थियो, जसले ओसाकाको सांस्कृतिक विविधता र अतिथिप्रतिको आतिथ्य भावना उजागर गर्ने उद्देश्य राखेको थियो।
एरिना स्थलमा आयोजित कार्यक्रममा सहभागीहरूले युकाता (जापानी ग्रीष्मकालीन पोशाक) र आ–आफ्नो देशको परम्परागत पोशाकमा सजिएर “कोनो चिक्यू नो चुजुकि ओ” भन्ने आधिकारिक थिम गीतको धुनमा १० मिनेटसम्म समन्वित रूपमा बोन ओदोरी नाचेका थिए। जापानी हास्य कलाकार मियाकावा दाइसुके यागुराको मञ्चबाट कार्यक्रमको निरीक्षण गरिरहेका थिए।
गिनिज विश्व कीर्तिमानको मान्यता प्राप्त गर्न सहभागीमध्ये कम्तीमा ९० प्रतिशतले निर्धारित चाल अनुसार कम्तीमा ५ मिनेटसम्म नाच्नुपर्ने शर्त थियो। आयोजकका अनुसार यसपटक ३ हजार ९ सय ४६ जना सबै सहभागीले पूर्णतः १० मिनेटसम्म नाचेर सन् २०१७ मा ओसाकाको याओ सहरमा बनाइएको पुरानो कीर्तिमानभन्दा करिब १००० जना बढी सहभागितासहित नयाँ कीर्तिमान कायम गर्न सफल भएका हुन्।
यसैगरी, ६२ वटा देशका नागरिक सहभागी भएर राष्ट्रियताको आधारमा समेत नयाँ गिनिज रेकर्ड बनेको घोषणा गरिएको छ।
यस किसिमको सांस्कृतिक समावेशीता र सहभागिताले जापानको बहुसांस्कृतिक खुलापन तथा परम्परागत संस्कृतिको प्रवर्द्धनमा थप ऊर्जा मिल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




