इबाराकी/जापान ।
इबाराकी प्रिफेक्चरको राजधानी मितो सहरमा जुलाई २८ तारिख साँझ भएको एक भयावह घटनाले जापानमा सडक सुरक्षाप्रति थप चिन्ता बढाएको छ। साँझ करिब ६ बजे मितो सहरको व्यस्त सडकमा एक व्यक्तिले हातमा चक्कु लिई सडकमा हिँडिरहेका सर्वसाधारणमाथि अचानक आक्रमण गरेपछि ६ जना मानिसहरू गम्भीर र सामान्य गरी घाइते भएका छन्।
घटनामा ७० र ६५ वर्षका दुई पुरुषको हातमा गहिरो चोट लागेको छ भने अन्य २० देखि ७० वर्षसम्मका पुरुष तथा महिलाहरूलाई सामान्य चोट लागेको छ। यद्यपि, सबैको अवस्था स्थिर रहेको र ज्यानको कुनै खतरा नरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका ४८ वर्षीय शिओबारा हिरोकाजु नामका व्यक्तिले आफ्नै घर नजिकको सडकमा मानिसहरूलाई धारिलो हतियार प्रहार गरेको ”स्वीकारेका छन्। उनको साथबाट बरामद भएका ४ वटा चक्कुमध्ये एक सर्भाइभल नाइफ जस्तै खालको थियो, जुन उच्च हानी पुर्याउने क्षमता राख्दछ।
पीडितमध्ये कोही पनि अभियुक्तसँग परिचित नरहेको खुलेपछि प्रहरीले यसलाई एक योजनाबद्ध अनियमित आक्रमण को रूपमा लिएको छ। चक्कुहरू पहिले नै तयारी अवस्थामा रहेको पुष्टि भएपछि अनुसन्धान झनै सघन रूपमा भइरहेको छ।
यो घटना केवल एक व्यक्ति वा स्थानमा मात्र सिमित छैन। सडकमा हिँड्दा वा सार्वजनिक स्थानहरूमा रहँदा सजगता र सतर्कता अत्यन्त आवश्यक छ। मानसिक रूपमा अस्थिर वा आक्रोशमा रहेका व्यक्तिहरूको गतिविधि समयमा पहिचान गर्न सक्ने सामुदायिक सजगता र सुरक्षाकर्मीको उपस्थिति अझ मजबुत बनाउन आवश्यक छ।
यस घटनाले जापान जस्तो शान्त देशमा समेत अकस्मात हिंसात्मक घटना हुनसक्ने यथार्थ देखाएको छ। हामी सबैले सामाजिक जिम्मेवारीका साथ आपतकालीन अवस्थामा कसरी प्रतिक्रिया गर्ने, कसरी सहायता माग्ने भन्ने ज्ञान राख्न जरुरी भएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




