टोकियो/जापान। जापानमा अत्यधिक गर्मीका कारण मानिसको ज्यानसमेत जोखिममा पर्ने अवस्था देखिएको छ। मौसम विभागका अनुसार, क्यूशु क्षेत्रमा आज तापक्रम ४० डिग्री सेल्सियस पुग्ने पूर्वानुमान गरिएको छ, जुन स्वास्थ्यका लागि अत्यन्तै खतरनाक मानिन्छ।

यसअघि ३० जुलाईमा जापानको ह्योगो प्रिफेक्चरको ताम्बा सहरमा तापक्रम ४१.२ डिग्री मापन गरिएको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च राष्ट्रिय रेकर्ड हो। आज पनि जापानको अधिकांश भू-भाग उच्च वायुदाबमा परेको हुँदा मौसम सफा र घाम चर्को हुने, साथै तापक्रम उच्च रहने अनुमान गरिएको छ।

विभिन्न सहरको अनुमानित अधिकतम तापक्रम- ओइता प्रिफेक्चर तथा हित्ता सहरमा ४० डिग्री,ओकायामा, फुकुओकाको कुरुमे र सागामा ३९ डिग्री, निगाताको नागाओका, क्योतो, हिरोसिमाको शोबारा, ताकाकामाचु तथा कुमामोतोमा ३८ डिग्री,आकिताको योकोते,नागानो र ओसाकामा ३७ डिग्री,तोत्तोरी तथा फुकुओकामा ३६ डिग्री, यामागाता तथा नागोयामा ३५ डिग्री कायम हुनेछ।

जापानभर ‘हीट स्ट्रोक अलर्ट’
पूर्वोत्तर जापानदेखि ओकिनावासम्मका ३४ वटा प्रिफेक्चरमा ‘हीट स्ट्रोक चेतावनी’ जारी गरिएको छ। यो चेतावनी अन्तर्गतका क्षेत्रहरूमा अत्यधिक गर्मीका कारण गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने भएकाले जनतालाई उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ।चेतावनी जारी गरिएका प्रिफेक्चरहरुमा-
आओमोरी, आकिता, यामागाता, नागानो, यामानाशी, आइचि, गिफु, मिए, निगाता, टोयामा, इसिकावा, फुकुई, सिगा, क्योटो, ओसाका, ह्योगो, वाकायामा, ओकायामा, हिरोशिमा, सिमाने, तोत्तोरी, टोकुशिमा, कागावा, एहिमे, कोची, यामागुची, फुकुओका, ओइता, नागासाकी, सागा, कुमामोतो, मियाजाकी, कागोशिमाको अमामी बाहेकका क्षेत्र, ओकिनावाको मुख्य द्वीप, मियाकोजिमा र याएयामा क्षेत्र रहेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार