टोकियो/जापान। जापानमा आफुलाई प्रहरी अधिकारीको रूपमा चिनाउँदै ठगी गर्ने घटनाहरू तीव्र रूपमा बढिरहेका छन्। अपराधीहरूले अनुसन्धानको बहानामा लक्षित व्यक्तिहरूलाई झुक्याएर ठूलो परिमाणमा रकम ठगी गरेका छन् भन्ने तथ्यांक राष्ट्रिय प्रहरी एजेन्सीले सार्वजनिक गरेको छ।
सन् २०२५ को जनवरीदेखि जुन महिनासम्ममात्रै यस्ता नक्कली प्रहरीसम्बन्धी ठगीबाट ३८ अर्ब ९३ करोड येन बराबरको रकम ठगी भएको देखाइएको छ। राष्ट्रीय प्रहरी एजेन्सीले देशभरका प्रहरी कार्यालयहरूसँग सहकार्य गर्दै नागरिकहरूलाई यस्ता किसिमका ठगीप्रति सतर्क रहन आग्रह गर्दै आएको छ।
यस वर्षको पहिलो छ महिनामा जापान प्रहरीले दर्ता गरेका विशेष किसिमका ठगी घटनाहरूको संख्या १३ हजार २१३ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ५० प्रतिशतले वृद्धि भएको हो। ठगीबाट भएको कुल क्षति २.६ गुणाले बढ्दै ५९ अर्ब ७३ करोड येन पुगेको छ, जुन अहिलेसम्मकै उच्च अंक हो।
प्रहरी एजेन्सीका अनुसार यस्तो तीव्र वृद्धिको मुख्य कारण नक्कली प्रहरी बनेर गरिने ठगी नै हो।यस्ता ठगीका घटनामध्ये ४ हजार ७ सय ३७ घटना नक्कली प्रहरीसँग सम्बन्धित थिए, जुन कुल विशेष ठगी घटनाको ३६ प्रतिशत हो।त्यसमध्ये ठगी गरिएको कुल रकमको ६५ प्रतिशत हिस्सा यिनै घटनाबाट ठगी गरिएको हो।
धेरैजसो घटनाहरूमा अपराधीहरूले पीडितहरूलाई सुरुमा मोबाइलमार्फत सम्पर्क गर्छन्। त्यसपछि आफूलाई प्रहरी अधिकारी भनी सामाजिक सञ्जालमार्फत भिडियो कल गर्दै नक्कली पक्राऊ आदेश देखाउँछन् र भन्छन्, “तपाईंको पैसा आपराधिक गतिविधिसँग सम्बन्धित छ कि छैन, जाँच गर्न आवश्यक छ” भन्दै तोकिएको खातामा रकम ट्रान्सफर गर्न दबाब दिन्छन्। विवरणअनुसार यस्ता ठगीमा युवा पुस्ता बढी प्रभावित भएको देखिएको छ।३० वर्ष उमेर समूहका व्यक्तिहरू २०.५ प्रतिशत र २० वर्ष उमेर समूहका व्यक्तिहरू १८.७ प्रतिशत
जापानमा प्रहरी अधिकारीको नक्कल गर्दै गरिने आर्थिक ठगीका घटना निकै तीव्र गतिमा बढिरहेका छन्। प्रविधिको दुरुपयोग, सामाजिक सञ्जालमार्फत फैलाइने भ्रमपूर्ण सूचना र मानिसको विश्वासलाई आधार बनाइ ठगी गर्ने यो नयाँ प्रवृत्ति विशेषगरी युवाहरूमाथि केन्द्रित देखिएको छ। यस्तो अवस्थामा सबै नागरिकहरू, विशेषतः युवापुस्ता, अत्यधिक सतर्क र सचेत रहन जरुरी छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




