टोकियो/जापान। जापानका विभिन्न क्षेत्रहरूमा लगातार उच्च गर्मी कायम रहँदै आएको छ। जापान मौसम विज्ञान विभागका अनुसार आज मंगलबार ५ अगस्ट पनि कान्तोकिन्की क्षेत्रका धेरै भागमा अत्यन्तै खतरनाक गर्मी हुने देखिएको छ। विशेषगरी कान्तोको भीत्रि भू-भागमा तापक्रम ४१ डिग्री सेल्सियस नाघ्ने सम्भावना रहेको भन्दै “अहिलेसम्मकै अनुभव नगरेको गर्मी” को चेतावनी दिइएको छ।

हिजो अगस्ट ४ इसिकावा प्रिफेक्चरमा ४०.३ डिग्री तापक्रम मापन गरिएको थियो। आज पनि तापक्रम अझै बढ्ने पूर्वानुमान गरिएको छ।

आज गुन्माको माएबासी तथा साईतामा प्रिफेक्चरका केहि स्थानमा ४० डिग्री तापक्रम पुग्ने अनुमान गरिएको छ। यसका अलवा टोकियोको केहि स्थानमा समेत हालसम्मकै उच्च तापक्रम कायम हुनसक्ने मौसमी पुर्वानुमान गरिएको छ । विशेषगरी कान्तोको मध्य तथा उत्तरी क्षेत्रमा स्थानीय रूपमा तापक्रम ४१ डिग्री नाघ्न सक्ने सम्भावनाले जनजीवनमा गम्भीर असर पार्न सक्ने देखिएको छ।

आज ४४ प्रिफेक्चरमा “हीट स्ट्रोक चेतावनी” जारी

आज मौसम विभागले तोकिएको ४४ वटा प्रिफेक्चरमा हीट स्ट्रोकको उच्च जोखिम भएको चेतावनी जारी गरेको छ।यसरी गर्मीको सतर्कता जारी गरिएका स्थानहरुमा तोहोकु, कान्तो,तोकाई,किन्की तथा च्युगोकु समेतका स्थानहरु रहेका छन् ।

यो उच्च गर्मीको जोखिमबाट बच्न,घरभित्र वा चिसो स्थानमा रहनुहोस् र एयर कन्डिसनको उचित प्रयोग गर्नुहोस्।प्रशस्त पानी र इलेक्ट्रोलाइटयुक्त पेय पदार्थ सेवन गर्नुहोस्। बाहिरी गतिविधि सकेसम्म घटाउनुहोस्, र निस्कनै परेमा पनि विश्राम लिनुहोस, बालबालिका, वृद्ध तथा बिरामीहरूलाई विशेष ध्यान दिनुहोस् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार