टोकियो/जापान । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–६, राटटाडी निवासी ५७ वर्षीय इन्द्र बहादुर सार्की जीवन र मरणको दोसाँधमा हुनुहुन्छ । विगत ४ वर्षदेखि मुटु, मृगौला र कलेजोसम्बन्धी समस्याबाट पीडित उहाँको हाल दुवै मृगौलाले काम गर्न छाडेपछि नियमित डायलाइसिस गर्नुपर्ने अवस्था आएको छ ।

लामो समय भारतमा बस्दै सामाजिक सेवामा समर्पित रहनुभएका सार्की हाल रोगको चपेटामा परेपछि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँको मुटुको दुई पटक शल्यक्रिया भइसकेको छ भने आँखाले पनि प्रस्ट देख्न छाडेको छ । चिकित्सकहरूका अनुसार उहाँको नियमित औषधोपचार र परीक्षणका लागि ठूलो रकम आवश्यक पर्ने देखिएको छ ।

उपचारकै क्रममा आफ्नो सम्पूर्ण सम्पत्ति खर्च गरिसकेपछि अहिले सार्कीको परिवार आर्थिक रूपमा अत्यन्तै संकटमा परेका छन् । अस्पतालको शैयाबाटै उहाँले मनकारी दाताहरूलाई सहयोगका लागि अपिल गर्नुभएको छ ।

सार्कीको उपचारमा सहयोग गर्न चाहने व्यक्तिहरूले मेगा बैंक सन्धिखर्क शाखामा रहेको उहाँको व्यक्तिगत खाता नम्बर ०९३०५३५०००१३६६ मा वा इसेवा नम्बर ९८६४४४९५१९ मार्फत सहयोग रकम पठाउन सकिनेछ ।

तपाईंको सानो सहयोगले एक जीवन बचाउन सक्छ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार