टोकियो/ जापान। गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा “तिज धमाका २०२५” आयोजना गर्ने भएको छ।
गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा सांस्कृतिक एकता, शिक्षामा प्रतिवद्धता नामक पवित्र उदेश्य लिएर तिज धमाका २०२५” आयोजना गर्ने भएको हो। वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिला हरुको महान पर्व ‘हरितालिका तिज’ लाई यस वर्ष पनि भब्य रुपमा मनाउन लागिएको अध्यक्ष दिनेश थापाले जानकारी गराए। नेपालबाट आमन्त्रित गित संगित तथा तिज गितमा विशेष रुपमा ख्याती प्राप्त राष्ट्रिय कलाकार गायीका द्वोय मेलीना राई, ईश्वर सिंह, देव साहानी र जापानमा कर्मथलो बनाउनु भएका स्थानीय कलाकारको रुपमा कुलविर थापा, सृजना कुंवर र ज्योति लोहनीको प्रस्तुती रहने अध्यक्ष थापाले जनाए। यसरि चाडपर्वको अवरसरमा आयोजना गरिने कार्यक्रमले हामी विदेशी भुमिमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी भाईचारा, सद्भाव र एकता क़ायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण तथा नया पुस्ताका लागि एउटा पाठशाला हुने समेत थापाले बताए।
कार्यक्रम २०२५- अगस्ट २५ तारिक सोमबारका दिन नेपालीहरुको बाक्लो बसोबास रहेको टोकियोको ताचिगावामा रहेको नेपाली समुदायलाई सहज रुपमा पुग्न सकिने तामासिन रिसुरु हलमा हुने जानकारी कार्यक्रम संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष ईश्वर बस्नेतले जानकारी गराए। विभिन्न बाध्यताले गर्दा हामी विदेशमा छौ तर हामी संसारको जुनकुनै स्थानमा रहे पनि हामी हाम्रो धर्म, कला र संस्कृति पटक्कै भुल्न सक्दैन सोहि अनुरूप विशेष गरि हरितालिका तिज हिन्दु नेपाली नारीहरुको माहान पर्व रहेको र यस पर्वमा विवाहित नारीहरु माईत जाने प्रचलन रहेको हुदा विदेशमा रहेका महिला दिदीबहिनीहरुलाई आफ्नै माईतको आगनमा पुगेर वर्षभरिका पिडा र बेदना भुलाएको महशुष हुने गरि कार्यक्रमको आयोजना गर्न लागेको वरिष्ठ उपाध्यक्ष बस्नेतको भनाई छ।
नेपाली महिला हरुको पर्व तिज कार्यक्रमलाई नेपाल कै अनुभुति हुने गरि यस पटकको तिज धमाका २०२५ आयोजना गर्न लागेको र सोहि अनुसार आन्तरिक तयारिहरु सुरुवात गरेको सचिव पवन बोहोरा क्षेत्रीले जानकारी दिए। विगतका वर्षहरुमा जस्तै यस पटक पनि टोकियोबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले कार्यक्रमलाई भव्य रुपमा सफल पार्नु हुनेमा कान्तो समिति पूर्ण रूपमा विस्वस्त रहेको बताउदै बिदेशी भूमिमा बर्ष भरिको थकान मेटाउन र आफ्नो नातागोता ,साथी भाईहरुको भेटघाटको साथै नेपाल बाट आमन्त्रित ख्याती प्रप्त कलाकारको बिचमा छमछमी नाचेर समेत रमाइलो गर्नको लागि सम्पूर्ण जापानी बासीहरुलाई आजै देखि उक्त दिनको लागि बिदा मिलाउनु हुन समेत सचिव बोहोराले अनुरोध गरेका छन।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




