हिरोशिमा /जापान। जापानको हिरोशिमा शहरले सन् १९४५ मा भएको परमाणु बम आक्रमणको ८०औँ वार्षिक शोक कार्यक्रम बुधबार एक विशेष समारोहमार्फत शान्ति स्मृति पार्कमा मनाएको छ। कार्यक्रममा करिब ५५ हजार मानिसहरू सहभागी भए, जसमा कीर्तिमानी रूपमा १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू थिए।
कार्यक्रममा बाँचेका परमाणु बम पीडितहरू (हिबाकुसा), दिवंगतहरूको परिवार, र जापानका प्रधानमन्त्री सिगेरु इसिबा सहभागी थिए। समारोह हिरोशिमाको नाका वार्डस्थित शान्ति स्मृति पार्कमा आयोजना गरिएको थियो।
हाल बाँचेका हिबाकुसाहरूको औसत उमेर ८६.१३ वर्ष पुगेको छ, जसका कारण अब छिट्टै यस्ता साक्षीहरू नभएको युग सुरु हुन गइरहेको छ। त्यसैले उनीहरूले दिएका सन्देश र अनुभव भविष्यका पुस्तासम्म पुर्याउनु आजको आवश्यक कार्य बनेको छ।
समारोहमा युरोपेली संघका जापानस्थित राजदूतसहित अमेरिका र बेलायतजस्ता परमाणु हतियार भएका राष्ट्रका प्रतिनिधिहरू पनि उपस्थित थिए। सशस्त्र संघर्षमा संलग्न युक्रेन र इजरायलका प्रतिनिधिहरू पनि सहभागी थिए भने प्यालेस्टाइन र ताइवानले पहिलोपटक प्रतिनिधि पठाएका थिए।
बिहान ८:१५ बजे, बम खसेको समयमा, मृतकका परिवारले “शान्ति घण्टी” बजाए र उपस्थितहरूले एक मिनेट मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरे।
हिरोशिमाका मेयर काजुमी माचुईले “शान्ति घोषणापत्र” पढ्दै हिबाकुसाहरूको कहिल्यै हार नमान्ने भावना र परमाणु हतियारको पूर्ण उन्मूलनको पक्षमा गरेको संघर्षको प्रशंसा गरे। उनले भने, “हामीले नागरिक समाजको यस्तो सहमति बनाउन अझ कडा मेहनत गर्नुपर्छ कि परमाणु हतियार पूर्णरूपमा समाप्त गरिनुपर्छ।”
यो समारोह जापानको राष्ट्रिय संस्था निहोन हिदान्क्यो (एटम तथा हाइड्रोजन बम पीडितहरूको महासंघ) ले सन् २०२४ को डिसेम्बरमा नोबेल शान्ति पुरस्कार प्राप्त गरेपछि पहिलो पटक आयोजना गरिएको हो।प्रधानमन्त्री इसिबाले आफ्नो सम्बोधनमा निहोन हिदान्क्योलाई शान्ति पुरस्कार प्राप्त गरेबापत सम्मान व्यक्त गर्दै परमाणु हतियारविहीन विश्व बनाउने संकल्प दोहोर्याए। उनले भने, “‘तीन गैर-परमाणु सिद्धान्त’लाई दृढतापूर्वक कायम राख्दै, जापानले अन्तर्राष्ट्रिय समुदायलाई नेतृत्व गर्दै परमाणु हतियारविहीन संसार बनाउने प्रयासलाई अगाडि बढाउनेछ। युद्धमा परमाणु विनाशको भयावहता भोगेको एकमात्र राष्ट्रको हैसियतले यो जापानको कर्तव्य हो।”
समारोहमा परमाणु बम पीडितहरूको स्मारकमा अद्यावधिक गरिएको मृतकहरूको नामावली पनि प्रस्तुत गरिएको थियो। पछिल्लो वर्ष पुष्टि भएका थप ४ हजार ९ सय ४० जनाको नाम थपिएसँगै मृतकको कुल संख्या ३ लाख ४९ हजार २ सय ४६ पुगेको छ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार, मार्च अन्त्यसम्म जापानभरमा मान्य परमाणु बम पीडित प्रमाणपत्र पाउने व्यक्तिहरूको संख्या ९९ हजार १३० पुगेको छ, जुन अघिल्लो वर्षभन्दा ७ हजार ६ सय ९५ ले कम हो। यो सन् १९५७ मा प्रमाणपत्र वितरण सुरु भएपछि पहिलोपटक संख्या १ लाखभन्दा कम भएको हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




