तस्बिरः एआई

ओकायामा/जापान। विद्यालयबाहिर पार्टटाइम काम गरेको भन्दै जापानको ओकायामा प्रिफेक्चरमा कार्यरत एक माध्यमिक विद्यालयका ६० वर्ष उमेर समूहका शिक्षकले आफ्नो जागिर गुमाएका छन्।

यो घटना जुलाई ४ तारिख सार्वजनिक भएको हो । जब कसैले ओकायामा सिटी बोर्ड अफ एजुकेशनलाई जानकारी गरायो कि ती शिक्षक छिमेकी कुराशिकी शहरको कन्भिनिएन्स स्टोरमा काम गरिरहेका थिए।भोलिपल्ट, विद्यालयका प्रिन्सिपल स्वयं स्टोरमा पुगेर ती शिक्षकलाई काम गरिरहेको अवस्थामा भेटे र उनीसँग प्रत्यक्ष रूपमा सोधपुछ गरे।

तर शिक्षकले कुनै गैरकानुनी वा आपत्तिजनक कार्य गरेका थिएनन्। उनी शनिबार (विद्यालयको बिदाको दिन) स्टोरमा काम गरिरहेका थिए, जसले पठनपाठनमा कुनै असर पारिरहेको थिएन।स्टोरमा काम गर्नु पनि जापानमा एक सम्मानजनक र सामान्य रूपमा स्वीकार्य मानिने पेशा हो।

यद्यपि, जापानमा यस्तो हुन्छ । जापानको धेरै जागिरमा यस्तो कडा नियम हुन्छ जसअनुसार कर्मचारीहरूले आफ्नो मुख्य जागिरबाहेक अन्य कुनै पनि काम गरेर आम्दानी लिन पाइँदैन।यो नियम प्रतिस्पर्धात्मक कार्य रोक्न मात्र होइन, कुनै पनि प्रकारको साइड-जब निषेध गर्न बनाइएको हुन्छ । चाहे त्यो काम पूर्ण रूपमा इमान्दार र सम्मानजनक नै किन नहोस्।

शिक्षकले यो नियम उल्लङ्घन गरेका कारण शिक्षा बोर्डले उनलाई कारबाही स्वरूप जागिरबाट वर्खास्त गर्‍यो।साथै, शिक्षा बोर्डले यो घटनाबाट विद्यार्थीहरूको भावनामा नकारात्मक असर पर्न सक्ने भन्दै सार्वजनिक रूपमा माफीसमेत मागेको छ।

यो घटना जापानमा कामकाजी अनुशासन र विद्यालयप्रति अपेक्षित पूर्ण समर्पण कति गम्भीर रूपमा लिइन्छ भन्ने उदाहरण हो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार