क्योतो/जापान। क्योतो नेपाली कम्युनिटीको आयोजनामा दोस्रो क्योतो तीज फेस्टिवल यही अगस्ट २२ तारिख शुक्रबार, क्योतो एजुकेशनल एन्ड कल्चरल सेन्टर हलमा भव्य रूपमा आयोजना हुने भएको छ।

कार्यक्रममा नेपालका ख्यातिप्राप्त गायिका ज्योति मगर र गायक खुमन अधिकारी विशेष प्रस्तुति दिने छन्। साथै, जापानमा रहेका चर्चित कलाकारहरू काजल गुरुङ, कुलविर थापा, केशब शर्मा लगायत क्योतोका स्थानीय कलाकारहरूले पनि सांगीतिक धमाकेदार प्रस्तुति राख्नेछन् ।

आयोजकहरूले सम्पूर्ण कान्साई क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई नेपालीपन झल्किने यस तीज सांस्कृतिक कार्यक्रममा विदा मिलाएर उपस्थित भई कार्यक्रमको शोभा बढाउन आग्रह गरेका छन्।विशेष रूपमा, कार्यक्रममा सहभागीहरूका लागि दर को पनि व्यवस्था गरिएको आयोजक समितिले जानकारी दिएको छ।

क्योतो नेपाली कम्युनिटी परिवारका अनुसार यो वर्षको तीज महोत्सव अझै भव्य र यादगार हुनेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार