टोकियो/जापान। लगातार बढ्दो गर्मी र हीटस्ट्रोकको जोखिमलाई ध्यानमा राख्दै टोकियो महानगर सरकारले ऊर्जा बचत गर्ने क्षमतायुक्त एअर कन्डिसन (एसी) खरिदमा दिइने सहायता रकम बढाउने घोषणा गरेको छ।

गभर्नर युरिको कोइकेले अगष्ट २२ तारिख पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै, अब ६५ वर्षभन्दा माथिका नागरिक र अशक्तता भएका व्यक्तिले नयाँ वा पुरानो बदल्ने दुबै अवस्थामा ऊर्जा बचत गर्ने एसी खरिद गर्दा अधिकतम ८० हजार येन बराबरको पोइन्ट प्राप्त गर्ने व्यवस्था हुने बताएकी हुन् ।

यसअघि, नयाँ एसी खरिद गर्दा १० हजार येन र पुरानो बदल्दा अधिकतम २३ हजार येनसम्म पोइन्ट दिइने व्यवस्था थियो। उक्त पोइन्ट खरिद गर्ने पसलमै प्रत्यक्ष छुटका रूपमा उपयोग गर्न सकिनेछ।

नयाँ व्यवस्था यो अगष्ट ३० तारिखदेखि लागू भई यस आर्थिक वर्षको अन्त्यसम्म सञ्चालन हुने जनाइएको छ। “कारण अस्पताल भर्ना हुने वा ज्यान गुमाउने घटना भइरहेको छ। नागरिकको ज्यान, स्वास्थ्य र दैनिकी सुरक्षित राख्न ल्याइएको यो नीति धेरैले प्रयोग गर्नुपर्नेछ।” गभर्नर कोईकेले भनिन् ।

यस योजनाले टोकियोवासीलाई गर्मी मौसममा सुरक्षित राख्नुका साथै ऊर्जा खपत घटाएर वातावरणीय प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार