
टोकियो/जापान जापानको पश्चिमी भागमा अवस्थित एशिमा ओहाशी पुल (Eshima Ohashi Bridge) संसारकै अनौठा पुलहरूमध्ये एक मानिन्छ। यो पुलले सिमाने प्रिफेक्चर र तोत्तोरी प्रिफेक्चरलाई जोड्छ, र आफ्नो अनौठो डिजाइनका कारण धेरै चर्चा पाईरहेको छ।
एशिमा ओहाशी पुललाई प्रायः “रोलर कोस्टर ब्रिज” भनेर चिनिन्छ, किनभने यो पुलको उकालो र ओरालो भाग निकै ठाडो देखिन्छ। फोटो वा भिडियोमा हेर्दा गाडीहरू मानौँ ठाडै उकालो चढिरहेको वा ओरालो झर्दै गरेको झैँ देखिन्छ। तर वास्तविकतामा गाडी चलाउँदा पुल त्यति खतरनाक छैन।
यो पुल करिब १ दशमलव ७ किलोमिटर लम्बाइ र ११ मिटर चौडाइको छ। सन् १९९७ मा यसको निर्माण सुरु भई २००४ मा पूरा भएको हो। पुललाई यस्तो उचाइमा ठाडो बनाउनको पछाडि पनि एउटा विशेष कारण छ । यसरी ठाडो अग्लो बनाउनुको मूख्य कारण पूलमूनीबाट ठूला–ठूला जहाजहरू सजिलै आवतजावत गर्न सकून् भनेर यो पुललाई उचाइमा बनाइएको हो।
एशिमा ओहाशी पुल विशेषगरी चर्चित हुन थालेको दाईहाचु मोटरको कार विज्ञापनपछि हो। उक्त विज्ञापनमा पुललाई अत्यन्त ठाडो देखाइएकाले यसले संसारभरका मानिसको ध्यान खिचेको थियो। अहिले यो पुल जापान घुम्न आउने पर्यटकहरूका लागि आकर्षण बनेको छ। यहाँ पुग्ने धेरैजसो मानिसहरूले “ ठाडो उकालो” मा गाडी चलाउने अनुभव लिन चाहन्छन् र तस्वीर खिच्ने गर्छन्।
यसरी, एशिमा ओहाशी पुल केवल आवागमनको माध्यम मात्र नभई, वास्तुकला, इन्जिनियरिङ्ग र पर्यटनको दृष्टिकोणले पनि जापानको गौरव मानिन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




