टोकियो/जापान। जापानमा‘मोबाइल हेर्दै’ साईकल चलाउनेलाई १२ हजार येन जरिवाना, छाता ओढेर वा इयरफोन लगाएर चलाउँदा समेत कारबाही
टोकियो/जापान। जापान सरकारले साइकल प्रयोगकर्ताहरूलाई लक्षित गर्दै आउँदो वर्षको अप्रिलबाट लागु हुने नयाँ कडा नियमको अन्तिम विवरण सार्वजनिक गरेको छ। सडक यातायात ऐन संशोधनअन्तर्गत २०२६ अप्रिल १ बाट साइकल चलाउँदा विभिन्न नियम उल्लङ्घन गरेमा प्रत्यक्ष जरिवाना तिर्नुपर्ने व्यवस्था लागु हुनेछ।
प्रहरी एजन्सीले सार्वजनिक गरेको नयाँ नियमअनुसार, साइकल चलाउँदा मोबाइल फोन चलाउने वा स्क्रिन हेर्ने जस्ता ‘ नागारा–स्मार्टफोन’ (ながらスマホ) कार्यमा सबैभन्दा कडा जरिवाना तोकिएको छ। यस्तो कार्यमा पक्राउ परे प्रतिव्यक्ति १२ हजार येन जरिवाना तिर्नुपर्नेछ।
यसैगरी, वर्षातमा छाता ओढेर साइकल चलाउने वा इयरफोन लगाएर बाहिरी आवाज नसुन्ने अवस्थामा चलाउनेहरूलाई ५ हजार येन जरिवाना तोकिएको छ। त्यस्तै, ट्राफिक बत्तीको उल्लङ्घन गर्ने (सिग्नल नमान्ने) ले ६ हजार येन, सडकको विपरीत दिशामा चलाउने वा पैदलमार्ग प्रयोग गर्नेले ६ हजार येन, ‘स्टप’ संकेतमा नरोकिन्नेहरुलाई ५ हजार येन जरिवाना हुनेछ।
दुई जनासंगै लाई लागेर साइकल चलाउने वा एकै साइकिलमा दुई जना चढ्ने जस्ता कार्यमा भने ३ हजार येन जरिवाना हुनेछ।
प्रहरीले १६ वर्षभन्दा माथिका साइकल प्रयोगकर्तालाई लक्षित गरी ११३ प्रकारका उल्लङ्घन कार्यमा जरिवाना प्रणाली लागू गर्ने तयारी गरेको छ। यससँगै, अहिलेसम्म चेतावनी वा सचेतनामै सीमित कारबाहीलाई प्रभावकारी बनाउन “ब्लु चिट”मार्फत तुरुन्त जरिवाना असुलीको व्यवस्था सुरु हुनेछ।
यस कदमको उद्देश्य साइकिल दुर्घटनाको जोखिम घटाउने र नागरिकलाई नियमबारे सचेत बनाउने हो। यसकै लागि प्रहरीले विस्तृत ‘रुलबुक’ (ルールブック) समेत सार्वजनिक गरेको छ, जसमा साइकल प्रयोग गर्दा ध्यान दिनुपर्ने सबै नियमहरू उल्लेख गरिएको छ।
विशेषज्ञहरूले भनेका छन्, “नियम कडा बनाइए पनि, सबैभन्दा जरुरी कुरा प्रयोगकर्ताले आफैं सजग भएर चलाउनु हो। यसले मात्रै दुर्घटनालाई रोक्न सक्छ।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




