टोकियो/जापान। जापानमा चामलको मूल्य फेरि बढ्दै गएको छ र लगातार १३ हप्ता उच्चतम स्तरमा पुगेको छ।

कृषि मन्त्रालयका अनुसार, सेप्टेम्बर ७ सम्मको सात दिनमा करिब १ हजार सुपरमार्केटहरूमा ५ किलोग्राम चामलको औसत मूल्य ४ हजार येन नाघेको छ। यो यस वर्ष जुन महिनाको सुरुदेखि पहिलो पटक हो।

गत हप्ता भन्दा मूल्य २ सय ६४ येनले बढेर ४ हजार १ सय ५५ येन पुगेको छ। लगातार दोस्रो हप्ता मूल्य बढेको हो। मन्त्रालयले शुक्रबार दिएको तथ्याङ्कअनुसार यो सन २०२२ को मार्च देखि सुरु भएको डेटा अवधिभित्रको सबैभन्दा तीव्र वृद्धि हो। नयाँ बालीको बिक्री सुरु हुनु र सस्तो सरकारी चामलको आपूर्ति घट्नु यसको कारण बताइन्छ।

कृषिमन्त्री शिन्जिरो कोइजुमीले बिहीबार पत्रकारलाई भनेका थिए, मूल्य “केही हदसम्म स्थिर” भएको छ, किनभने उनले मे महिनामा पदभार सम्हाल्दा औसत मूल्य ४ हजार २ सय येन थियो। तर शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाउँछ कि सरकारी चामलमार्फत गरिएको मूल्य नियन्त्रण प्रभाव क्रमशः घट्दै गएको छ।

सरकारी चामल मिसाइएका मिश्रित चामलको बिक्री सेयर हालको साता ३० प्रतिशतमा झरेको छ, जुन जुनको अन्त्यदेखि जुलाईको मध्यसम्म ५८ प्रतिशत थियो। नयाँ बाली र ब्रान्ड नाममा बेचिएका चामलको हिस्सा ७० प्रतिशत पुगेको छ। यस किसिमको चामलको औसत मूल्य ७२ येनले बढेर ४ हजार ३ सय ४४ येन पुगेको छ।

अगस्टको अन्त्यतिर कृषि मन्त्रालयले सरकारी चामल बिक्री गर्ने समयसीमा बढाएको थियो। ढिलो आपूर्ति भएकाले अघिल्लो महिनाको अन्त्यमा तय गरिएको समयसीमासम्म सबै चामल बिक्री गर्न कठिन भएको मन्त्रालयको भनाइ थियो। त्यो समयसम्म २ लाख ८० हजार टन सम्झौतामा भएको चामलमध्ये करिब १ लाख टन बिक्रि हुनै बाँकी थियो।

जापानको प्रमुख खाद्य वस्तु चामलको उच्च मूल्यले यो वर्ष देशको महङ्गी दरलाई लगातार ३ प्रतिशतभन्दा माथि राखेको छ। खाद्य महङ्गी मात्रै ६ प्रतिशतभन्दा बढी छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार