ओसाका/जापान। जापानको ओसाका स्थित चुरुमी रेउकुची पार्कमा अवस्थित विश्वका विभिन्न देशहरुमध्ये नेपालको नामबाट रहेको प्यागोडा शैलीको मन्दिरको तेस्रो चरणको सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

नेपाली युवाहरुको समूह “ब्लु ब्वाइज युनियन”का सदस्यहरुले सेप्टेम्बर २० तारिख शनिबारको दिन तेस्रो चरणको सरसफाई गरेका हुन् ।जसको नेतृत्व संस्थाका अध्यक्ष वासुदेव लामिछानेले गरेका थिए भने अन्य सदस्यहरुको पनि उपस्थित रहेको थियो।उक्त सरसफाई कामको लागि वडा कार्यलयसँग अनुमति प्राप्त गरि सुरु गरिएको थियो ।यो भन्दा पहिले १ वर्ष अघि पनि मन्दिरको वरिपरि साना रुख र झारहरुको झाडी भएको साथै पातपतिङ्गारहरुको फोहोर रहेकाले सरसफाई गरिएको थियो भने अहिले पनि उस्तै फोहोर भएकोले आउदैँ गरेको हिन्दुहरुको महान पर्व विजया दशमीलाई मध्यनजर गर्दै सरसफाईको काम गरिएको संस्थाका सचिव प्रदीप खड्काले जानकारी दिए।

सरसफाईको काम गर्दै गर्दा उक्त मन्दिरमा घुम्न आउने नेपालीहरुले पनि हातेमालो गर्दै साथ दिएका थिए। सरसफाई कार्यक्रम बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म गरि १ गाडी फोहोर जम्मा गरि वडा कार्यलयको कर्मचारीबाट बाहिर लगिएको थियो। सरसफाईको लागि आवश्यक सामाग्रीहरु पनि वडा कार्यलयबाट नै उपलब्ध गराईएको थियो।
जापानको ओसाका चुरुमी वार्डमा रहेको यो मन्दिर नेपालको विश्वसम्पदामा सुचिकृत पशुपतिनाथ मन्दिरको ढाँचामा रहेको छ भने उक्त मन्दिरमा विदाको समयमा नेपालीहरु घुमफिरका लागि पनि जाने गर्दछन। सोहि नेपाली मन्दिर रहेको क्षेत्र परिसरमा करिब २० भन्दा बढी अन्य देशका पनि मन्दिरहरु रहेका छन।
पछिल्लो समय जापानमा नेपालीहरुबाट बढ्दो अभद्र तथा नेपालीहरुलाई नै बदनाम हुने खालका क्रियाकलापहरु बढिरहँदा यस सरसफाई कार्यक्रमले थोरै भएपनि सकारात्मक सन्देश दिने अपेक्षा गरिएको अध्यक्ष लामिछानेले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




