टोकियो/जापान। टोकियोको व्यावसायिक क्षेत्र निहोनबासीमा पर्यटकहरूलाई अब मानिसले होइन,काँधमा अडिने रोबोटले घुमाउँदैछ। यो नयाँ पहल विशेषगरी अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै बसेर काम गर्ने अवसर दिन सुरु गरिएको हो।
जापानी रोबोट कम्पनी ओरिल्याब(OryLab)ले विकास गरेको ओरिहिमे(OriHime)नामक यो रोबोट सेतो रङको छ र हरियो आँखासहित करिब ४ किलो तौल हुन्छ। यसमा क्यामेरा, स्पिकर र माइक जडान गरिएको छ। यो रोबोटले हात झल्काउने, प्रार्थना गर्ने जस्ता संकेत दिन सक्छ। प्रयोगकर्ताको काँधमा झुन्ड्याउने गरी यसलाई ब्याकप्याकमा राखिएको हुन्छ जसले गर्दा रोबोट र प्रयोगकर्ताबीच प्रत्यक्ष कुराकानी गर्न सजिलो हुन्छ।
कम्पनीका जनसम्पर्क अधिकृत केइको हामागुचीका अनुसार, रोबोट आफैंले होइन, अपाङ्गता भएका व्यक्तिहरूले टाढाबाट नियन्त्रण गरेर गाइड गर्ने गर्छन्। यसरी टुरमा आएका पाहुनाले उनीहरूलाई प्रत्यक्ष भेट्न नसके पनि संवाद गर्ने विशेष अवसर पाउँछन्।
अंग्रेजी टुरका लागि दुई वा सोभन्दा बढी पाहुना सहभागी भएमा प्रति व्यक्ति ३३०० येन शुल्क लाग्छ। तर एकै जना पाहुनाले टुर गर्न चाहेमा शुल्क ८८०० योन तोकिएको छ। करिब डेढ घण्टाको यो कार्यक्रमलाई प्रतिष्ठित रियल स्टेट कम्पनी मिचुइ फुदोसानले सहयोग गरेको छ। आधिकारिक रूपमा सेप्टेम्बर ११ देखि सुरु हुनु अघि नै ६० भन्दा बढी परीक्षण टुर गरिएका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




