टोकियो/जापान। जापानको निगाता प्रिफेक्चरको ब्रान्ड चामल “उओनुमा कोशिहिकारी” को नयाँ चामल बिक्री सुरु भएको छ। यस वर्ष ५ किलो चामलको खुद्रा मूल्य ५ हजार ५ सय येन कायम गरिएको छ, जुन गत वर्षको तुलनामा १५ सय येन बढी हो।

जापान कृषी सहकारीले सेप्टेम्बर २० तारिखदेखि उओनुमा सहर तथा आसपासका क्षेत्रमा नयाँ चामल बिक्री सुरु गरेको हो। २३ तारिखमा स्थानीय प्रत्यक्ष बिक्री केन्द्रमा नयाँ चामलबाट बनेको ओनिगिरी उपभोक्तालाई चाखाउने कार्यक्रम समेत राखिएको थियो। उपभोक्ताहरूले मूल्य वृद्धि भए पनि चामल खरिद गरेका थिए।

उओनुमाका कर्मचारी सवाफुजी केईसुकले भने, “जुलाईमा वर्षा कम भएकोले चिन्ता थियो, तर मीठास र लचिलोपनयुक्त राम्रो गुणस्तरको चामल तयार भएको छ। किसानले धेरै मेहनत गरेका छन्, त्यसैले धेरैले यसलाई चाख्नुपर्छ भन्ने चाहना छ।”

मूल्य वृद्धि हुनुको कारण किसानलाई दिइने अग्रिम भुक्तानीको वृद्धि र कृषिजन्य सामग्रीहरूको लागत महँगो हुनु भएको बताइएको छ।

निगाताको “उओनुमा कोशिहिकारी” जापानकै प्रतिष्ठित चामल ब्रान्ड मानिन्छ, जसलाई स्वाद, मीठास र गुणस्तरका कारण विशेष मूल्य दिइन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार