निगाता/जापान। ईस्ट जापान रेलवे कम्पनी ( जेआर इस्ट) ले आउँदो नोभेम्बर ६ देखि जोएचु( शिंकान्सेन)बुलेट ट्रेन लाइनअन्तर्गत निगाता र नागाओका स्टेशनमा अनुहार पहिचान (facial recognition) प्रविधि प्रयोग गर्ने गेटको परीक्षण सुरु गर्ने भएको छ। यो नयाँ प्रणालीमार्फत यात्रुले टिकट वा आईसी कार्ड झोलामा वा गोजीबाट निकाल्नुपर्ने झन्झटबिनै गेट पार गर्न सक्नेछन्।
जेआर इस्टको निगाता शाखाका अनुसार शिंकान्सेन टिकट गेटमा क्यामेरा जडान गरिएका अनुहार पहिचान गेटहरू राखिनेछन्। ती क्यामेराले यात्रुको अनुहारको तस्बिर खिची डेटा सङ्कलन गरी प्रमाणिकरण गर्नेछन्। परीक्षणमार्फत स्टेशनहरूमा यो प्रविधि कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा मूल्याङ्कन गरिनेछ।
निगाता स्टेशनमा यो प्रणालीलाई हालका गेटमै थपिनेछ भने नागाओका स्टेशनमा नयाँ अनुहार पहिचान गेट नै जडान गरिनेछ। दुवै स्टेशनमा फरक उपकरण प्रयोग गरेर कुन बढी प्रभावकारी हुन्छ भन्ने परीक्षण गरिनेछ।
यो परीक्षण नोभेम्बर ६, २०२५ देखि मार्च ३१, २०२६ सम्म करिब पाँच महिना चल्नेछ। परीक्षणमा निगाता र नागाओका स्टेशनबीच शिन्कान्सेन कम्युटर पास प्रयोग गर्ने जुनियर हाईस्कूल उमेर वा सो भन्दा माथिका यात्रु सहभागी हुनेछन्। करिब ५ सय जना सहभागी हुने अपेक्षा गरिएको छ। सहभागी हुन इच्छुकले अक्टोबर ६ देखि १७ सम्म अग्रिम दर्ता गरेर आफ्नो तस्बिर खिचाउनुपर्नेछ।
जेआर इस्ट निगाता शाखाका अध्यक्ष हिरोको शिरायामा ले बताए, “टिकट गेटमा टिकट राख्नु ठूलो ब्याग वा बेबी स्ट्रोलर बोकेका यात्रुहरूका लागि असुविधा हुने गरेको छ। हामीलाई आशा छ यो परीक्षणले भविष्यमा आउने सुविधाको झलक दिनेछ।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




