टोकियो/जापान। जापानमा अक्टोबर महिनामा प्रयोग गरिने विद्युत् शुल्कमा सरकारको अनुदान सहयोग समाप्त भएकाले औसत परिवारले करिब ५ सय येन बढी तिर्नुपर्ने भएको छ।
विद्युत्का ठूला १० कम्पनीहरूले सार्वजनिक गरेको विवरणअनुसार अक्टोबरमा प्रयोग हुने र नोभेम्बरमा बिल पठाइने “नियन्त्रित शुल्क” सबैमा बढ्नेछन्।
औसत प्रयोग गर्ने परिवारलाई अक्टोबरमा सेप्टेम्बरसँग तुलना गर्दा? होक्काइदो विद्युत्: ४ सय ६७ येन बढेर ९ हजार ३ सय ३५ येन,तोहोकु विद्युत्: ५ सय २० येन बढेर ८ हजार ५ सय १ येन,टोकियो विद्युत्: ५ सय २० येन बढेर ८ हजार ६ सय ५२ येन,चुबु विद्युत्: ५ सय ७ येन बढेर ८ हजार ३ सय २२ येन,होकुरिकु विद्युत्: ४ सय ७२ येन बढेर ७ हजार ४ सय ८५ येन,कान्साइ विद्युत्: ५ सय २० येन बढेर ७ हजार ७ सय ९१ येन?चुगोकु विद्युत्: ५ सय ३६ येन बढेर ८ हजार ८२ येन,सिकोकु विद्युत्: ५ सय ३३ येन बढेर ८ हजार ३ सय ११ येन,क्युसु विद्युत्: ५ सय ७ येन बढेर ७ हजार ४ सय ५१ येन र ओकिनावा विद्युत्: ५ सय ३१ येन बढेर ९ हजार ८ येनमा पुग्नेछ।
अक्टोबर महिनामा विद्युतको मात्रै नभएर ग्यासको शुल्क पनि बढ्नेछ। अक्टोबरमा प्रयोग हुने ग्यास शुल्क पनि ठूला ४ कम्पनीहरूले बढाउने भएका छन्।
ग्यासको मूल्य औसत परिवारलाई, टोकियो ग्यास: २ सय २२ येन बढेर ५ हजार ७ सय १० येन,ओसाका ग्यास: २ सय २२ येन बढेर ६ हजार २ सय ६१ येन,तोहो ग्यास: २ सय १४ येन बढेर ६ हजार ५ सय ३७ येन र सेइबु ग्यास: १ सय ७२ येन बढेर ६ हजार ४ सय ६७ येन पुग्नेछ ।
यो वृद्धि यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनामा लागु भएको सरकारको विद्युत् र ग्यास शुल्कमा दिइने अनुदान सहयोग समाप्त हुने भएकाले देखिएको हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




