नागोया,जापान। आइची प्रिफेक्चर प्रहरीले एक जनालाई खानाको डेलिभरी सेवा कम्पनीलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ।

३८ वर्षीय ताचुया हिगासिमोतो नामक व्यक्तिले डेमाएकान एपमा झुठो नाम र ठेगाना प्रयोग गरी दर्ता गरेर, अर्डर गरिएको खाना नआएको दाबी गर्दै करिब १६ हजार येन बराबरको रकम फिर्ता लिएको आरोप लगाइएको छ। उनले एपको च्याट फंक्शनमार्फत यस्तो दाबी गरेका थिए, तर वास्तवमा अर्डर गरिएका सामान भने डेलिभर गरिएको थियो।

प्रहरीका अनुसार, उनले सन् २०२३ अप्रिलदेखि १ हजार ९५ पटक जालसाजी गर्दै डेमाएकानमा सदस्यता खोलेर र रद्द गरेर हप्तामा एक–दुई पटक यस्तो काम दोहोर्याएका थिए। यसरी उनले करिब ३७ लाख येन बराबरको भुक्तानी नगरी खाना पाएका थिए।

आइची प्रिफेक्चर प्रहरीले जनाए अनुसार , आरोपीले अनुसन्धानकर्ताहरूसँग यस किसिमको अपराध अन्य डेलिभरी सेवाहरूमासमेत गरेको स्वीकार गरेका छन्। उनले पहिलो पटक सफल भएपछि धेरै पटक यस्तो गरेको बताएका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार